म्यादी प्रहरीमा जागिर लगाइदिने भन्दै ठगी गर्ने एकजना पक्राउ

जनकपुर ।  म्यादी प्रहरीमा जागिर लगाइदिने भन्दै ठगी गर्ने एकजनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ।

सप्तरीको महादेवा गाउँपालिका वडा नं २ का २३ वर्षीय अरबिन्दकुमार मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरी भर्नाका लागि दरखास्त फारम भरेका विभिन्न व्यक्तिहरुलाई म्यादीमा जागिर लगाइदिने भनी ललाईफकाई रकम लिने गरेका मण्डललाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

मण्डललाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ। सप्तरीमा आसन्न स्थानीय तह निर्वाचनका लागि ३ हजार १३९ जनाको म्यादी प्रहरीकाे माग गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button