जसपाको भेला सम्पन्न

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका नेता र कार्यकर्ताहरु निर्वाचनलाई मध्यनजर गर्दै चुनावी सभा, बैठक र चुनाव तैयारी समिति गठनमा व्यस्त रहेका छन्।

जनकपुरधाम उपमहानगरपालिका वडा नं १ स्थित रेल्वे स्टेसन मा आयोजित चुनावी कोण सभालाई सम्बोधन गर्दै सहभागी वक्ताहरुले ७५ वर्ष पुरानो पार्टी नेपाली कांग्रेस र ७२ वर्ष पुरानो पार्टी कम्युनिष्ट मधेसी, दलित, आदिवासी, जनजाति, मुस्लिम र महिला विरोधी पार्टी रहेको कुरामा जोड दिएका छन्।

अधिकार, स्वभिमान, पहिचान र विकासका लागि संघर्ष गर्ने देशमा एक मात्र पार्टी जसपा नेपाल रहेको कुरा मा जोड दिएका छन्।

सहभागि अधिकांश वक्ताहरुले आउंदो स्थानीय निकायको निर्वाचनमा जसपाका उम्मेदवारहरुलाई जिताउन अाग्रह समेत गरेका छन्।

जसपाका युवा नेता जिलानी राईनको अध्यक्षता मा सम्पन्न कार्यक्रममा जसपा का केन्द्रिय सदस्य तथा जनकपुरधाम उपमहानगरपालिका नगर प्रमुख लालकिसोर साह, जसपा नेपालका समाजवादी नेता प्रदेश सांसद रामअशिष यादव, संघीय परिषद सदस्य ई विजय मंडल, रन्जित चौधरी, बौध्दिक पेसाकर्मी महासंघ का केन्द्रिय उपाध्यक्ष ई जितेन्द्र यादव, जिल्ला उपाध्यक्ष अम्भु प्रसाद, ट्रेड युनियन महासंघ का नेता फुलगेन साह,प्रदेश सदस्यहरु ममता मंडल,ममता पाठक,साजिद हुसेन, नगर अध्यक्ष विष्णु देव साह, उपाध्यक्ष वासिम अकरम, युवा नेता संतोष झा, राजेन्द्र यादव सहित वक्ताहरुले जापान नेपाल को उमेदवारहरुलाई जिताउन एक जुट भएर लाग्नु पर्ने कुरामा जोड दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button