आज सुनको मुल्य कति ?

काठमाडौँ : नेपाली बजारमा सुनको मूल्य आज प्रतितोला रु एक हजार ३०० ले बढेको छ । जसअनुसार सुनको मूल्य प्रतितोला रु ९४ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार छापावाल सुन प्रतितोला रु ९२ हजार ७०० मा कारोबार भएको थियो ।

महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५०० रहेको छ । त्यस्तै आज चाँदीको मूल्य रु २० बढेको छ । जसअनुसार चाँदीको मूल्य रु एक हजार २७० कायम भएको छ । चाँदी बुधबार प्रतितोला रु एक हजार २५० मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावका आधारमा महासङ्घले नेपाली बजारका लागि दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button