तीन दिवसीय दोस्रो महिला हस्तकला मेला तथा प्रदर्शनी सुरुहुँदै

जनकपुरधाम। कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा हस्तकला निर्यात व्यापार खस्कदै गएको समयमा देशभित्रै उत्पादित वस्तुहरुको बजारलाई चलायमान बनाउन जनकपुरधामको गोपाल धर्मशालामा तीन दिवसीय दोस्रो महिला हस्तकला मेला तथा प्रदर्शनी हुन गइरहेको छ ।

संघिय महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, प्रदेश २ महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालय र नेपाल हस्तकला महासंघको संयुक्त आयोजना तथा जनकपुरधाम उपमहानगरपालीकाको सह–आयोजनामा कार्तिक १२ देखि १४ गतेसम्म प्रदेश स्तरीय दोस्रो महिला हस्तकला मेला तथा प्रदर्शनीको आयोजना हुन गइरहेको छ ।

स्थानीय सीप, कला तथा संस्कृतिको संरक्षण, सम्वद्र्धन तथा महिला उद्यमीहरुले गरेका उत्पादनको बजारीकरण, घरेलु हस्तकला उद्योगप्रतिको आकर्षण बढाउने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएकाले नेपाल हस्तकला महासंघका नेपाल हस्तकला महासंघका उपाध्यक्ष सनम शाक्यले जानकारी दिए ।

गोपाल धर्मशालामा हुने प्रदर्शनीमा प्रदेश २ का ८ वटै जिल्लाका महिला उद्यमी तथा वाहिर जिल्लाका सहभागीहरु समेत रहने बताए ।
उनका अनुसार सो प्रदर्शनीमा ७० देखि ९० वटा स्टलहरु लगाइने छ भने स्टल लगाउनका लागि शुल्क लाग्ने छैन । प्रदर्शनीमा मिथिला आर्ट, माटाका भाँडा, लाहाका गरगहनाहरु, बाँसबाट बनाइएका कलात्मक सामग्री, प्राकृतिक रेसाका वस्तुहरु, चाँदीका गरगहना, फेल्टजन्य वस्तु, पश्मिना, उनी तथा सुर्तीजन्य वस्तु, हाते कागजजन्य वस्तुहरु राखिने छ ।
यस मेलाको आयोजनामा करिब २० लाख खर्च हुने उपाध्यक्ष सनमले बताए । यस मेलामा २५ हजार आगन्तुकहरु आउने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

सम्बन्धित समाचार

Back to top button