नेपालमा भेटियो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने नयाँ म्युटेसन

नेपालमा संक्रमण फैलाएको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको छ । यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने जनस्वास्थ्यविद्हरु बताउँछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार भारतको नयाँदिल्लीस्थित इन्स्टिच्युट अफ जिनोमिक्स एण्ड इन्टिग्रेटिभ बायोलोजीमा परीक्षण गरिएको ९ वटा नमुनामा नयाँ म्युटेसन फेला परेको हो ।

काठमाडौं- नेपालमा पछिल्लो समय धेरै जनामा कोरोनाको डेल्ट भेरियन्टको संक्रमण देखिएको पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व स्वास्थ्य संगठनको सहयोगमा गरेको नमुना परीक्षणका क्रममा धेरै जनामा डेल्टा भेरियन्टको संक्रमण देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलका अनुसार देशका विभिन्न भागबाट संकलन गरिएको ४८ वटा नमुनामध्ये ४७ जनामा डेल्टा भेरियन्ट र १ जनामा अल्फा भेरियन्टको संक्रमण देखिएको थियो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले देशका विभिन्न भागबाट वैशाख २६ गतेदेखि जेठ २० गतेसम्म संकलन गरेका ४८ वटा नमुनालाई विश्व स्वास्थ्य संगठनको मान्यता प्राप्त गरेको भारतको इन्स्टिच्युट अफ जिनोमिक्स एन्ड इन्टिग्रेटेड बायोलोजी ल्याबमा भएको जीन सिक्वेन्सिङमा उक्त नतिजा आएको हो।

हालसम्म प्राप्त जानकारी अनुसार यो म्युटेसन डेल्टा भेरियन्टभन्दा अझ संक्रामक छ र संक्रमितमा अझ गम्भीर असर देखिएको छ । तर यो म्युटेसनबारे धेरै विषय अध्ययन गर्न नै बाँकी छ ।

नेपालमा यसअघि डेल्टा, अल्फासहित काप्पा भेरियन्ट पनि भेटिएको थियो । तर काप्पा भेरियन्टले स्वास्थ्यमा गम्भीर असर नपार्ने भएकाले डब्ल्यूएचओले यसलाई भेरियन्ट अफ कन्सर्नको नाम दिइसकेको छैन ।

डेल्टा भेरियन्ट अहिले विश्वका ८० भन्दा बढी देशमा देखिएको छ। अल्फा भेरियन्ट १६४ देशमा देखिएको छ।

४७ जनामध्ये ९ वटा नमुनामा के४१७एन भन्ने परिवर्तित रुप देखिएको छ। यो यसअघि पनि नेपालमा देखिएको थियो। यो रुप अहिले संसारका १० वटा देशमा देखिएको डा पौडेलले जानकारी दिए।

विश्व स्वास्थ्य संगठनले हालसम्म नेपालमा अल्फा (बी.१.१.७), डेल्टा (बी.१.७१२.२) र काप्पा (बी.१.६१७.१) देखिएका जनाएको छ। यी तीन भेरियन्टमध्ये नेपालमा हाल डेल्टा (बी.१.७१२.२) भेरियन्ट सक्रिय रहेको डब्लूएचओले जनाएको छ।

डब्लूएचओले बेलायतमा पहिलोपटक भेटिएको भाइरसको भेरियन्टलाई अल्फा, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई बिटा, ब्राजिलमा भेटिएको भेरियन्टलाई गामा र भारतमा भेटिएको भेरियन्टलाई डेल्टा नामाकरण गरेको छ।

बेलायतमा भेटिएको बी.१.१.७ भेरियन्टको नाम अल्फा हो। दक्षिण अफ्रिकाको बी.१.३५१ को नाम बिटा, भारतको बी.१.६१७.२ भेरियन्टको नाम डेल्टा राखिएको छ। यस्तै भारतमै भेटिएको बी.१.६१७.१ भेरियन्टको नामा काप्पा राखिएको छ।

उपत्यकामा निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय, बार अनुसार पसल खोल्न दिने निर्णय

उपत्यका प्रशासनले व्यवसाय सञ्चालन गर्न दिने गरी निषेधाज्ञा थपेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार अब बारका आधारमा व्यवसाय सञ्चालन गर्न पाइनेछ ।

उनका अनुसार आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान बिक्री गर्ने पसल सञ्चालन हुनेछन् । त्यस्तै, अटोमोबाइल र त्यसका पार्टपूर्जा पाइने पसल पनि खुल्नेछ ।

यस्तै काठमाडौं उपत्यकामा निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरिएको छ । आइतबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले असार ८ गतेबाट लागु हुनेगरी जोर बिजोर प्रणाली लागु गर्ने निर्णय गरेका हुन् ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीका अनुसार ट्याक्सीहरूलाई पनि जोर-बिजोर लागू गरेर चलाउन दिइनेछ।

‘आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्रीका पसल खोल्न दिइने निर्णय भएको छ,’ अधिकारीले भने,‘सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, खेलकुद सामग्री, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी, टेलरिङ, गिफ्ट पसल खोल्न दिइनेछ।’

खाद्यान्न, दूध, किताब पसललगायतका पसलहरू बिहान ११ बजेसम्ममात्र खोल्न दिइनेछ। रेष्टुरेन्ट, होटलहरूले भने टेक अवे र होम डेलिभरी गर्न पाउनेछन्।

निर्माण सामग्रीका पसलहरू बिहान ११ देखि साँझ ६ बजेसम्म खोल्न पाइने अधिकारीले जानकारी दिए।

शनिबार अत्यावश्यकबाहेक अरू पसलहरू बन्द गर्नु पर्नेछ। सरकारी कार्यालय आलो-पालो गरी खुला गर्नुपर्ने निर्णय भएको सहायक प्रजिअ अधिकारीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button