सुगर देखि हाडजोर्नीको दुखाइसम्मका लागि अमृत समान हुन्छ यो फूल

हाम्रो वरिपरिका वनस्पतिबाट हाम्रा पूर्वजहरुले औषधि बनाउँथे र तिनै वनस्पतिको प्रयोगले नै निको पनि हुन्थे । ती वनस्पतिहरुले कुनै नकारात्मक असर पनि नगर्ने हुनाले मानिसहरु स्वस्थ रहन्थे र उनीहरुको आयू पनि लामो हुने गर्थ्यो ।

हामीले प्रयोग गर्ने औषधि तिनै वनस्पति प्रयोग गरेर बनाइएका हुन्छन् , तर ती औषधिहरुमा रसायन पनि प्रयोग गरिएको हुन्छ जसले गर्दा हाम्रो शरीरमा नकारात्मक असर गर्छ र अरु विभिन्न रोग उब्जाउँछ ।

करेन फूल एक किसिमको फूल हो । यो हिमाली क्षेत्रमा अर्थात चिसो ठाउँमा पाइन्छ । यो फूल सेतो, रातो, पहेंलो लगायत रंगमा हुन्छ । यो फूल विशेष गुणहरुले भरिपूर्ण फूल हो । यो फूल यति कडा हुन्छ कि, यसको वरिपरि सर्प आउँदैन ।

सर्प, विच्छी आदि विषालु किराले टोकेको ठाउँमा यो फूल लगाउनाले निको हुन्छ । यसको लागि फूललाई मिचेर त्यसको सेतो पदार्थ निकाल्नुपर्छ ।

किराले टोकेको संगै यस फूलको रसले काटेको, पोलेको लगायत अन्य घाउलाई पनि निको पार्छ । यो फूल हरेक जसो बिमारको लागि औषधि मानिन्छ ।

करेन फूल मधुमेह जस्तो रोगको लागि पनि औषधि हो । मधुमेह रोग भएका व्यक्तिले यो फूलको रस पिउनाले मधुमेह कन्ट्रोलमा आउन थाल्छ, साथै यसले छाती समबन्धि समस्या पनि कम गरिदिन्छ ।

यो फूललाई लेप बनाएर जोर्नीमा लगाउनाले जोर्नी दुख्ने समस्या कम हुँदै जान्छ ।

यो रसलाई लगाउने या त फूललाई थिचेर पेस्ट बनाएर अनुहारमा लगाउने गर्नाले अनुहारको जस्तोसुकै दाग पनि हट्छ र अनुहार सफा तथा चम्किलो हुन्छ ।

अनुहारको साथै कपालको लागि पनि यो फूल औषधि सावित हुन्छ । यो फूललाई केरा र तिल संग मिलाएर लगाउनाले कपाल झर्ने समस्या हट्दै जान्छ । यसको रस कपालमा लगाउनाले कपाल फुल्ने क्रम पनि कम हुँदै जान्छ।

माओबादीका यी ठुला नेताको मृत्यु, प्रचण्डले दुखि हुँदै निकाले बिज्ञप्ति (बिज्ञप्ति सहित)

पूर्वसांसद तथा नेकपा माओवादी केन्द्रका नेता विएल वाइबा नामले परिचित विष्णु बहादुर तामाङको निधन भएको छ । सिरहाको कर्जन्हा नपा ५ निवासी ७८ वर्षीय तामाङको उपचारको क्रममा आज राति निधन भएको हो । वाइबा २०४८ सालमा संयुक्त जनमोर्चाको तर्फबाट सिरहाबाट सांसद निर्वाचित भएका थिए। तीन साताअघि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारको लागि झापा लगिएको थियो।

आम्दा अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । एक साताअघि गरिएको परीक्षणमा कोरोना नेगेटिभ रिपोर्ट आए पनि फोक्सोको निमोनिया ठिक नहुँदा उनको मृत्यु भएको चिकित्सकहरुले बताएका छन्।

नेता वाइबा तत्कालिन बामपन्थी नेता जयगोविन्द साहको प्रेरणाले सानै उमेरदेखि कम्युनिष्ट आन्दोलनमा लागेका थिए। सादा जीवन विताउन चाहने वाइवा सिरहालाई कार्य क्षेत्र बनाएर वामन्थी राजनीतिमा क्रियाशील थिए। वाइबाका तीन छोरा र दुई छोरी छन्।

उनको निधन भएपछि नेपाली राजनीतिले सच्चा राष्ट्रवादी अग्रगामी नेता गुमाएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन्। दाहालले आज जारी गरेको विज्ञप्तिमा कम्युनिष्ट आन्दोलनले आफ्नो अभिभावक गुमाएको उल्लेख छ भने वाइबा सादा जीवन, सरल र जुझारू भएको बताएका छन्। किसान र मजदूरबीच वाइबा लोकप्रिय रहेको पनि प्रचण्डको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button