
मिर्गौला सुन्निने समस्या किन हुन्छ ?
मिर्गौलाको प्रमुख काम रगतबाट विकारयुक्त पदार्थ र अतिरिक्त तरल पदार्थ छानेर शरीर बाहिर निकाल्नु हो । आजभोली धेरै मानिसहरु मिर्गौला रोगको शिकार भइरहेका छन् ।

खानपानमा ध्यान नदिनु, उच्च रक्तचाप, महुमेह आदिको कारणले मिर्गाैलाको समस्या उत्पादन हुन्छ । तर, कहिलेकाँही अन्य केही चिकित्सकिय कारणले पनि मिर्गौैला सुन्निने गर्छ ।

मिर्गौला सुन्निने समस्यालाई चिकित्सकिय भाषामा ‘ग्लोमेरुलोनेफ्राइटिस’ भनिन्छ । मिर्गौला सुन्निने समस्या यस्तो रोग हो जसको कारण मिर्गौलाको फिल्टर सुन्निन्छ ।
मिर्गौलाको फिल्टर धेरै साना रक्तनलीहरुबाट बनेको हुन्छ जसलाई ग्लोमेरुली भनिन्छ । जब यो समस्या अचानक सुरु हुन्छ, त्यतिखेर यो समस्या गम्भिर हुन सक्छ । यसैले मिर्गोला सुन्निने समस्यालाई हल्का रुपमा नलिनुहोस् ।
तर, तपाईंले मिर्गौला सुन्निने समस्यालाई समयमै पहिचान गरि नेफ्रोलोजीस्टसँग परामर्श लिनुपर्छ ।
यस्ता लक्षण देखिएमा तपाईंको मिर्गौला सुन्निएको हुन सक्छः
–ज्वरो आउने
–पिसाब गर्नमा दुखाई
–पहेँलो वा रातो रंगको पिसाब
–सहनै नसकिने तिव्र दुखाई
–पिसाबमा धेरै प्रोटिन हुने
–पिसाब धेरै कम आउनु
–फोक्सोमा तरलपदार्थ जम्मा हुनु
–खोक्न र श्वासप्रश्वासमा समस्या
–धेरै थकान लाग्नु
–सासमा दुर्गन्ध आउनु
–शरीर सुन्निने र सासफेर्न समस्या हुनु
मिर्गोला सुन्निएमा के हुन्छ ?
मिर्गौला सुन्निने एक यस्तो स्थिती हो जसमा मिर्गौलाको मुख्य भाग सुन्निन्छ जसलाई निफ्रोन भनिन्छ । यसले मिर्गौलाको रगत सफा गर्ने क्षमता कम हुन्छ ।
मिर्गौला सुन्निने कारणले घाँटी खसखसाउने, छालामा संक्रमण जस्तो संक्रमणहरु प्रति प्रतिरक्षा प्रतिक्रियामा कमीको कारण घातक हुन्छ । केही अवस्थामा भने यस्तो संक्रमण ठिक हुन्छ र मिर्गौलाको कार्यमा सुधार हुन्छ ।
मिर्गौलाको कैयौं प्राथमिक समस्याहरुको प्रभाव ग्लोमेरुलसमा पर्छ । जस्तो पिसाब गर्नमा समस्या हुन्छ र किड्नीको रगत सफ ागर्ने क्षमता कम हुन्छ ।
मधुमेहका रोगीहरुलाई खतरा
मधुमेह र ल्युपस जस्ता केही अटो इम्युन रोगहरुबाट पिडित मानिसहरुमा सेकेण्डरी ग्लोमेरुलोनेफ्राइटिस अर्थात मिर्गौला सुन्निने स्थिती आँउछ । यस्तो स्थितीमा समयमै उपचार गर्नाले मिर्गौलालाई बँचाउन सकिन्छ ।
एन्टीबायोटिक औषधिको कारणले
बेलाबखत दुखाई निरोधक वा एन्टीबायोटिक औषधिको साइडइफेक्टको कारण पनि ग्लोमेरुलोनेफ्राइटिस हुन सक्छ । यसैले कुनै पनि एन्टीबायोटिक औषधि लिनभन्दा पहिले डाक्टरसँग सोध्नुहोस् ।
त्यसैले पिसाबमा रगतको मात्रा देखिएमा वा पिसाबको रंग अचानक परिवर्तन भएर रातो खैरो देखिएमा मिर्गौलाको डाक्टरलाई एकपटक देखाउनुहोस् ।
यो पनि,,,,,रक्तचापबारे केही भ्रम
उच्च रक्तचापबारे यस्ता अनेक भ्रम समाजमा व्यप्त छ । कतिपय भन्छन्, रेड वाइनले उच्च रक्तचाप नियन्त्रण गर्छ । कतिपय भन्छन्, उच्च रक्तचापको औषधी सेवन गरिरहेको अवस्थामा रक्तचाप घट्यो भने नुन सेवन गर्नुपर्छ । वास्तविकता चाहि के हो त ?
भ्रमः यदि रक्तचाप घट्यो भने नुन सेवन गर्नुपर्छ, सामान्य हुन्छ ।
सत्य के हो ?
के उच्च रक्तचाप घट्यो भने नुन सेवन गर्नुपर्छ । नुन सेवन गर्दा रक्तचाप सन्तुलित हुन्छ । यदि तपाईं पनि यस्तै सोच्नुहुन्छ भने यो गलत हो । के कारणले रक्तचाप घटेको हो वा बढेको हो ? यो कुरा हामी आफै तय गर्न सक्दैनौ । त्यसैले कुन अवस्थामा के खाने भन्ने कुरा पनि हामीले निक्र्यौल गरेर हुँदैन । चिकित्सकले जाँच गरेपछि नै रक्तचाप घट्नु वा बढ्नुको कारण खुल्छ ।
जसलाई उच्च रक्तचापको समस्या छ, उनीहरुले भने नुन कम खानुपर्छ ।
भ्रमः रक्तचाप कम भयो भने औषधी नखानु
सत्य के हो ?
कुनैबेला रक्तचाप घट्न सक्छ । यदि रक्तचाप घट्यो भन्दैमा औषधी खान छाड्ने भन्दा पनि चिकित्सकको परामर्श लिनु आवश्यक छ । के कारणले रक्तचाप घटेको हो ? औषधी छाड्न मिल्छ वा मिल्दैन ? चिकित्सकले आवश्यक परीक्षणपछि भन्न सक्छन् ।
भ्रमः वाइन मुटुको लागि राम्रो हो । त्यसैले उच्च रक्तचाप नियन्त्रणमा पनि यसले सघाउँछ ।
सत्य के हो ?
उच्च रक्तचाप नियन्त्रणका लागि वाइन सेवन उपयुक्त हुन्छ भन्नु पनि भ्रम हो । वाइन एक मदिराजन्य पेय हो । यसले शरीरमा नकारात्मक असर नै गर्छ, जसरी अन्य मदिराले गर्छ । अतः उच्च रक्तचाप नियन्त्रणका लागि स्वस्थ्य र सन्तुलित जीवनशैली नै सर्वोत्तम विकल्प हो । चिन्तारहित जीवन अपनाउनुपर्छ, सुपाच्य खानेकुरा खानुपर्छ, सक्रिय जीवन विताउनुपर्छ ।
भ्रमः टाउको दुखाई उच्च रक्तचापको लक्षण हो
के हो सत्य ?
टाउको दुख्नसाथ उच्च रक्तचापकै संकेत हो भनेर भन्न सकिदैन । सत्य चाहि के हो भने तपाईंलाई कुनै किसिमको पीडा भयो भने त्यसले मुटुको धड्कन बढ्न सक्छ ।
भ्रमः उच्च रक्तचापको रोगीले रक्तदान गर्न सक्दैन
सत्य के हो ?
उच्च रक्तचापको समस्या भएकाले पनि रक्तदान गर्न सक्छ । उच्च रक्तचापको औषधी र रक्तदानबीच कुनै समबन्ध छैन । यद्यपी रुँघा लागेको बेला, पेटको समस्या भएको बेला, एन्टिबायोटिक लिइरहेको बेला चाहि रक्तदान गर्नु उपयुक्त हुँदैन ।



