अनुहारका यी संकेत जसले हाम्रो स्वास्थ्यबारे थाहा हुन्छ

हाम्रो स्वास्थ्य स्थिती कस्तो छ ? के हामी स्वस्थ र तन्दुरुस्त छौं ? रोगमुक्त छौं ? वा कुनै रोगले भित्रभित्रै आक्रमण गरिरहेको छ ? सामान्यत अनुहारमा पनि यसको झलक देखिन्छ । अनुहारका कतिपय संकेतले हाम्रो स्वास्थ्य स्थितीबारे जानकारी दिन्छ ।

अनुहारको संकेत

गालाहरुको रंग उड्नु वा गाला फुस्रो देखिनुको कारण मेटाबोलिज्मको सुस्तता, वा फोलिक एसिड र आइरनजस्ता पोषक तत्वका कमीले हुन सक्छ ।

फोक्सोको कमजोरी, हार्मोनल परिवर्तन, एलर्जी, पाचनक्रियामा गडबडी तथा रगत शुद्धिकरण ठीक नभएर पनि गालामा कोठी तथा डण्डीफोर आउँछन् ।

नाकको संकेत

नाकमा आउने कोठी वा डण्डीफोरका कारण उच्च रक्तचाप वा मुटुरोग हुन सक्छ । यदि नाक बारम्बार रातो हुन्छ वा सिगान बग्छ भने त्यसको कारण मुटु रोग, उच्च रक्तचाप वा कलेजोको समस्या हुन सक्छ ।

जिब्रोको संकेत

जिब्रोमा अत्यधिक सेतो धब्बाको मतलब हो शरीरमा टक्सिनको मात्रा बढ्नु । यसले टक्सिनको बढोत्तरी वा कलेजोको समस्या पनि संकेत गर्छ ।

ओंठको संकेत

आन्द्राको समस्याहरु, भिटामिन बीको कमी, रगतको कमी, डिहाइड्रेसन, फोक्सो वा मुटुसम्वन्धी समस्याको संकेत ओंठमा देखिन सक्छ । ओंठ सुन्निएमा आन्द्राको समस्याको संकेत हुनसक्छ ।

सुकेको फुस्रो ओंठले शरीरमा पानीको मात्रा कम भएको संकेत गर्छ । ओंठ गुलाबी हुनको साटो पहेंलो भएमा शरीरमा रगतको कमी भएको हुनसक्छ ।

कमजोर फोक्सोका कारण जब हृदयसम्म पर्याप्त अक्सिजन पुग्न सक्दैन, त्यतिबेला पनि त्यसको असर सुख्खा ओठको रुपमा देखिन्छ ।ओठ फुट्नुको कारण कुनै प्रकारको एलर्जी हुन सक्छ वा कस्मेटिक प्रोडक्टको साइड इफेक्ट हुन सक्छ ।

मुखको संकेत

मुखको राम्ररी स्याहार गर्दा पनि तपाईंको सासको दुर्गन्ध छुटेन भने यसको कारण पेट खराब, अपच वा कलेजोको समस्या हुन सक्छ ।

मुख सक्नुको कारण धेरै हुन सक्छ । डिहाइड्रेसन, अत्यधिक अल्कोहल, धुम्रपान, आदि । साथसाथै यो डाइबिटिजको प्रारम्भिक लक्षण पनि हुन सक्छ ।

निधारको संकेत

यसले पित्ताशय वा कलेजोको समस्याका अलावा पाचनक्रियामा गडबडीतर्फ संकेत गर्न सक्छ । निधार हाम्रो स्नायु प्रणाली र पाचनतन्त्रसँग जोडिएको हुन्छ । कुनै प्रकारको तनाव वा पाचनक्रियामा गडबडीको सोझो असर निधारमा रहेका रेखाहरु वा डण्डीफोरका रुपमा प्रकट हुन्छ ।

आँखाको संकेत

आँखाले  आन्द्रा वा जोर्नीको समस्याहरुका अलावा कलेजो–मिर्गौला र थाइराइडको समस्यालाई संकेत गर्छ । आँखा यदि रातो भयो भने यसको अर्थ प्रतिरक्षा प्रणाली कमजोर हुनसक्छ । । साथै यसले डिप्रेसनको पनि संकेत गर्छ । आँखाको पहेँलोपनका कारण कमजोर कलेजो वा कलेजोको बिमारी हुन सक्छ ।

यो पनि,,, युरिक एसिडको जोखिमबाट कसरी बच्ने ?

सामान्यतया युरिक एसिड शरीरको कोशिका तथा  हामीले खाएका खानेकुराबाट बन्छ । त्यसमध्येको धेरैजसो एसिडलाई मिगौलाले छानेर पिसाबद्वारा शरीरबाट बाहिर फाल्ने गर्छ ।

तर कुनै कारणवस मिर्गौलाले उक्त एसिडलाई छान्न नसके यसले रगतमा युरिक एसिडको स्तरलाई बढाउने गर्छ । जसका कारण युरिक एसिडको समस्या निम्तिने गर्छ ।

शरीरमा युरिक एसिडको मात्रा बढेमा मांसपेशी सुन्निनुका साथै जोर्नी दुख्ने, औला सुन्निे गर्छ । समयमै यसको लक्षण थाहा पाएर पनि यो रोगलाई नियन्त्रण गर्न सकिन्छ ।

युरिक एसिड कार्बन, हाइड्रोजन, अक्सिजन तथा नाइट्रोजन जस्ता तत्व मिलेर बनेको हुन्छ । यो   शरीरमा रहेको प्रोटिनबाट एमिनो एसिडको रुपमा प्राप्त हुन्छ , यसको मात्रा पिसाबद्धारा शरीरबाट बाहिरिने गर्छ ।

तर जब शरीरमा यसको मात्रा बढ्छ, तब यो शरीरभित्र जम्मा हुनथाल्छ र हड्डीमा क्षति पु¥याउने गर्छ । युरिक एसिड भएमा आर्थराइटिस हुने सम्भावना उच्च हुन्छ ।

शरीरको प्रतिरोधात्मक क्षमता कम हुने व्यक्तिलाई युरिक एसिडको सम्भावना उच्च हुन्छ । त्यस्तै, खानामा प्रोटिनको कमी भएमा पनि युरिक एसिडको समस्या निम्तिन सक्छ ।यसको जोखिम कम गर्न  समयमा खाने  तथा सन्तुलित आहार खानु पर्छ ।

किन हुन्छ युरिक एसिड ?

तनाव, अत्याधिक मात्रामा मदिराको सेवन, लामो समयसम्म भोकै रहने, व्यायामको कमी, शरीरमा पानीको कमीले पनि यो समस्या निम्तिने गर्छ । त्यस्तै, रेड मिट, सी फूड, गेडागुडीको सेवन तथा विशेष प्रकारका केही औषधीको सेवनले पनि युरिक एसिडको समस्या निम्तिने गर्छ । त्यसैले, खानामा के खाने, के नखाने भन्ने कुरामा विशेष ध्यान दिनु पर्छ । खानामा विशेष सजगता अपनाएर पनि युरिक एसिडको समस्या हुनबाट बच्न सकिन्छ ।

कसरी जोगिने ?

खाना पकाउँदा वटर वा भेजिटेबल आयलको सट्टा जैतुन (ओलिभ)को तेल प्रयोग गरेर पनि यो समस्याबाट बच्न सकिन्छ । किनकी जैतुनको तेलको प्रयोगले शरीरमा अतिरिक्त युरिक एसिड जम्मा हुँदैन । यो मुटुको लागि पनि लाभदायक मानिन्छ ।

शरीरमा युरिक एसिडको मात्रालाई कम गनए दिनमा कम्तीमा पाँच सय ग्राम भिटामिन ‘सी’को सेवन गरेर पनि यो समस्याबाट बच्न सकिन्छ । नियमित रुपमा भिटामिन ‘सी’को सेवनले एक, दुई महिनामै यूरिक एसिडको स्तर कम हुन थाल्छ ।

आर्थराइटिस र युरिक एसिडको समस्या ज्वानोको प्रयोग प्रभावकारी मानिन्छ । ज्वानोमा एन्टीअक्सिडेन्ट तथा डाईयुरेटिक गुण हुन्छ, जसले  दुखाई कम गन मद्दत गर्छ । यसमा एन्टीसेप्टीक गुण पनि हुने भएकोले यो समस्यामा ज्वानोको प्रयोग द्धारा प्राकृतिक उपचार गरिन्छ ।

रातो  खुर्सानी, टमाटर,  ब्रोकाउली तथा अंगुर आदीमा एन्टीअक्सिडेन्ट भिटामिन भरपूर मात्रामा हुन्छ । एन्टीअक्सिडेन्ट भिटामिनले फ्रि रेडिकल्सलाई शरीरमा हमला गर्नबाट रोक्छ । जसले गर्दा शरीरमा युरिक एसिडको स्तर कम हुन पुग्छ ।

स्याउको रसले रगतको पीएच लेभललाई बढाएर युरिक एसिडको स्तरलाई कम गर्न मद्दत गर्छ । तर त्यसको लागि प्रयोग गरिने स्याउको रस काचै र पानी नमिसाएकै हुनु पर्छ ।

शरीरमा युरिक एसिडको मात्रा उच्च भएमा बेकरी प्रोडक्ट तथा स्याचुरेटेडेड फ्याटले यसलाई झनै प्रभावित पार्दछ । त्यसैले, शरीरमा युरिक एसिडको मात्रा उच्च भएमा केक, पेस्ट्री, कुकिज जस्ता स्याचुरेटेड तथा ट्रान्स फ्याटयुक्त खाद्य पदार्थ खानबाट बच्नु पर्छ । त्यस्तै, मदिराको सेवन गर्नबाट पनि बच्नुपर्छ ।

कतिपय अवस्थामा डब्बामा राखिएको खानेकुराले पनि युरिक एसिडको समस्यालाइ प्रभावित पार्न सक्छ । त्यसैले, यस्ता खानेकुरालाई  वर्जित गरेर पनि यो युरिक एसिडको समस्या जटिल हुनबाट बच्न सकिन्छ ।

यसबाहेक, माछा तथा मासुको सेवन नगरेर पनि यो समस्याबाट बच्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button