
मोडल निशा घिमिरेको जिवनमा फर्कियो खुसी, ह्वील चेयरमा बस्ने भइन
काठमाडौं । मोडल तथा कलाकार निशा घिमिरेको जिवनमा खुसी फर्किएको छ । करिब तीन वर्ष निकै गम्भिर अवस्थामा घरमै रहेकी उनलाई नर्भिक अस्पतालले उद्दार गरी उपचार सुरु गरेको थियो ।

भारतको दिल्लीमा दुर्घटनामा परेपछि उनी हलचल गर्न नसक्ने अवस्थामा घरमै थिइन् । उपचार अभावमा उनको अवस्था दिन दिनै खस्कदै गएको थियो ।

विभिन्न मिडियामा उनीबारे समाचार आएपछि नर्भिक अस्पतालले घरमै पुगेर उद्दार गरेको हो । अस्पतालले उनको उपचार निशुल्क गरिरहेको छ । घिमिरेको जिवनमा नर्भिकका प्रबन्ध निर्देशक मेघा चौधरी मसिहा बनेर आएकी थिइन् ।
नर्भिक पुगेको भोलिपल्टदेखि नै उचित उपचार, राम्रो आहार पुगेपछि उनको अनुहारमा खुसी देखिएको थियो ।
अहिले शरीरका घा उहरु निको हुन थालेका छन् भने अन्य स्वास्थ्य अवस्थामा पनि सुधार भइरहेको छ । उनी ह्वील चियरमा बस्न सक्ने समेत भएकी छन् । तीन वर्ष सम्म विस्तरामा मात्र रहेकी उनी नर्भिकमा उपचार थालेपछि चियरमा बस्न सक्ने भएकी हुन् ।
अस्पतालले उनलाई ह्विलचेयर थेरापी, म्युजिक थेरापी लगायतका विभिन्न विधिबाट उनको उपचार गरिरहेको छ । डा। पंकज जलान नेतृत्वको टिमले उनको उपचार गरिरहेको छ । उनी आफै पनि चलमलाउन थालेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।
घरमा हुँदा बोल्न नसक्ने तर अरुको कुरा सुनेर आँशु मात्र खसाउन सक्ने निशा अहिले केही प्रतिकृया समेत दिन सक्ने भएकी छन् । अरुको कुरा सुनेर केही बुझे जस्तो अनुहारले हाउभाउ जनाउँछिन् ।
उनले पछिल्लो समय बोल्ने समेत कोशिस गरेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । भोक लाग्दा समेत उनले संकेत गर्छिन । यद्धपी उनलाई खाना भने सिधै खुवाउने गरिएको छैन । पाइप मार्फत खाना पेटसम्म पुर्याएको छ ।
चर्चित अभिनेत्री मनिषा कोईराला आमा बन्दै
नेपाली चेली तथा बलिउड अभिनेत्री मनिषा कोईराला आमा बन्ने भएकी छिन् । उनी बिबाह नै नगरी आमा बन्न लागेकी हुन् तर यो रियल नभएर रिल लाईफको कुरा हो ।
साउथमा राम्रो नाम कमाएका अभिनेता अल्लु अर्जुनको सुपरहिट फिल्म अला बैकुण्ठपुरमलु’ को हिन्दी रिमेकमा मनिषालाई आमाको भुमीकामा देखिने भएको हो । एकता कपुरले यस फिल्मलाई हिन्दी रिमेक गर्दैछिन् ।
मनिषाले यो फिल्ममा नायक अल्लु अर्जुनको आमाको भुमीका निर्बाह गर्दैछिन् । तर खास गज्जबको कुरा के भने यो हिन्दी रिमेकमा अल्लु अर्जुनको र पुजा हेगडको ठाउँमा कार्तिक आर्यन र कृति सेनन लाई देख्न पाईनेछ ।
रोहित धवनका अनुसार मनीषालाई आमाको रोल खेल्दिन गरेको आग्रह स्विकार्य भएको छ ।
मनीषाले सहजै आमाको भूमिका निर्वाहका लागि स्वीकार गरेको धवनले बताए । फिल्मको तेलगु भर्सनमा तब्बुले अल्लु अर्जुनकी आमाको भूमिका निर्वाह गरेकी थिईन् । रोहित र एकताले हिन्दी रिमेकका लागि पनि तब्बुलाई आमाको भूमिकामा राख्न खोजेका थिए तर उनले यो प्रस्ताव सजिलै अस्विकार गरेकी थिईन् ।
कारण थियो भूलभूलैया २’मा पनि कार्तिक आर्यनको आमाको भूमिकामा उनी देखीसकेकी थिईन् । आमाको रोल गर्ने मान्छे नै नपाईरहेका बेला मनिषाले भने सहजै प्रस्ताव स्विकार गरेकी थिईन् ।



