ए.बि इन्टरनेशनल फिल्मस् द्वारा आयोजित नि: शुल्क भोजन कार्यक्रमको आज तेस्रो दिन,

काठमाडौं । नेपाली चलचित्र जगतमा ए.बि इन्टरनेशनल फिल्मस् ब्यानर नचिन्ने सायद कमै हुन्छन् । नेपाली चलचित्र क्षेत्रमा करिब ४ बर्ष अगाडि प्रवेश गरेको यस कम्पनीले छोटो समयमै अफ्नो व्यानरलाई चलचित्र क्षेत्रकै उच्च स्थानमा चिनाउन सफल भएको छ।

आज भन्दा २ बर्ष अगाडी प्रदर्शन भएको फिल्म “पासवोर्ड” पनि यही ब्यानर बाट निर्माण भएको थियो। हाल प्रदर्शनको मिति कुरिरहेको फिल्म ” सम्हालिन्छ कहिले मन” र हिन्दी चलचित्र “लैला मन्जु”समेत यसै व्यानर बाट निर्माण भएको हो। अहिले निर्माणको क्रममा केहि चलचित्रहरु रहेका छन जुन कोरोना भाइरसको कारण रोकिएका छन् ।

ए.बि इन्टरनेशनल फिल्मस् चलचित्र क्षेत्र संग संगै अप्ठ्यारो अवस्थामा रहेका दुखी गरिवको उद्वार गर्दै समाजसेवामा पनि उदाहरणीय बन्दै आएको छ।

अहिले कोरोना भाइरसको कारण देश आक्रान्त बनिरहेको छ, निषेधाज्ञाको मध्ये समयमा शहर सुनसान छ। ए.बि इन्टरनेशनल फिल्मस् कम्पनीका संचालक तथा सदस्यहरु यसै समयमा दिनमा काम गरेर बिहान बेलुका चुलो बाल्ने मजदुर वर्ग र सहारा बिहिन बालबालिका लगायत सम्पुर्ण दुखी गरिबको लागि सहारा बन्दै आएका छन् ।

काठमाडौंको सामाखुसीचोक स्थित जेष्ठ १७ गतेदेखि दैनिक रूपमा २०० बराबर मजदुर सहारा बिहिन दुखी गरिबलाई खाना खुवाउने कार्यक्रम गर्दै आएका छन। ए.बि इन्टरनेशनल फिल्मस् कम्पनी बाट दैनिक रूपमा ८ देखि १० जान खटिएका छन। स्वास्थ मन्त्रालयको सम्पुर्ण नियम पालना गर्दै सेनिटाइजर मास्क साथै सामाजिक दुरि कायम गर्दै खाना खुवाउने कार्य चलिरहेको छ।

ए.बि इन्टरनेशनल फिल्मस् कम्पनीका संचालक अमित बस्नेत भन्छन् अहिलेको यो महामारीको भीषण परिस्थितिमा घरबार बिहिन र सहारा बिहिन बालबालिका दुखी गरिबलाई उदार गर्नुनै सबैभन्दा ठुलो धर्म हो । हाम्रो यो कार्यक्रम लकडाउन पुर्ण रूपमा नखुले सम्म चलिरहन्छ,यो अबस्थामा सबैले आ-आफ्नो ठाँउ बाट जेजस्तो सकिन्छ सहयोग गर्न हुन समेत आग्रह गर्छु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button