चलचित्र ‘श्री’ को ट्रेलर सार्वजनिक
कोरोना महामारीको समयमा छायांकन गरिएको चलचित्र ‘श्री’ को ट्रेलर ओएसआर डिजिटल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । आगामी शुक्रवार अर्थात् चैत २७ गते डिजिटल प्ल्याट्फर्म मार्फत सार्वजनिक हुने यस चलचित्रको केही अंश अर्थात ट्रेलर भर्खरै सार्वजनिक गरिएको हो ।
अत्यन्त विकराल परिस्थितिमा छायांकन गरिएको यस चलचित्र एक कालखण्डको कथा हो ।
कोरोना र लकडाउनमा आधारित सो चलचित्रमा सन्दिप क्षेत्री, वर्षा शिवाकोटी, बुद्धि तामाङ, रविन्द्र झा, भोला सापकोटा, राजाराम पौडेल, सबिता गुरुङआदि कलाकारहरुको अभिनय रहेको छ ।
उक्त चलचित्रमा एभरेष्ट सूर्य बोहराको निर्देशन रहेको छ । निर्देशक बोहरा अत्यन्तै ईमान्दार तथा कर्मठ चलचित्रकर्मीका रुपमा स्थापित भैसकेका छन् । उनको निर्देशनमा बनेका सबैजसो चलचित्रहरु सफल भएका छन् ।
‘एभरेष्ट सूर्य बोहरा फिल्म्स’ को ब्यानरमा निर्माण गरिएको उक्त चलचित्रमा सबिता गुरुङको लगानी रहेको छ ।