असार २४ गते बिहे गर्दै नीता र हरिहर

अभिनेत्री नीता ढुंगाना र ज्योतिषी तथा अभिनेता हरिहर अधिकारीले विवाह गर्ने भएका छन्।

४ वर्षदेखि प्रेम सम्बन्धमा रहेका नीता र हरिहरले असार २४ गते विवाह गर्न लागेका हुन्।

आइतबार उनीहरूको विवाहको कार्ड सार्वजनिक भएको छ। सार्वजनिक भएको कार्डका अनुसार उक्त मितिमा दरबारमार्गस्थित होटल याक एन्ड यतिमा बिहान १० बजेदेखि वैवाहिक कार्यक्रम सुरु हुनेछ।

उनीहरूको विवाहमा नजिकको आफन्त र परिवारलाई मात्र बोलाइएको छ। उनीहरूले २६ गते सोही होटलमा रिसेप्सन पार्टी राखेका छन्। रिसेप्सनका लागि ‘गजनी’का भिलेन प्रदीपसिंह रावत पनि आउने चर्चा छ। बिहेपछि नीता र हरिहर फिल्म ‘ह्रस्व दीर्घ’मा व्यस्त हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button