
अमेरिकी आइडलबाट चर्चा कमाएका अर्थर गन नेपाल आउँदै, काठमाडौंसहित यी सात सहरमा भव्य कन्सर्टको तयारी

अमेरिकन आइडल फाइनलिस्ट अर्थर गनको रुपमा परिचित दिवेश पोखरेलले नेपालका सात सहरमा कन्सर्ट गर्ने भएका छन् ।

उनले काठमाडौं, पोखरा, नेपालगञ्ज, भैरहवा, चितवन र इटहरीमा कन्सर्ट गर्ने तय भएको छ । काँकडभिट्टा कन्सर्टबारे निर्णय भइनसकेको बताइएको छ ।
उनीे सन् २०२० को अमेरिकन आइडलमा फस्ट रनरअप भएका उनी त्यसयता पहिलोपटक नेपाल आउन लागेका हुन् ।ब्रेनसर्भिसका संस्थापक रिशम महर्जनका अनुसार अर्थर गनसहित स्थानीय ब्यान्डले पनि प्रस्तुति दिनेछन् ।
नेपाल पर्यटन बोर्डसँग मिलेर च्यारिटीसहित सद्भावना कन्सर्टको रुपमा यसलाई अघि बढाउने तयारी समेत छ ।
नेपाल आएको बेला उनलाई काठमाडौंस्थित घरमा भव्य स्वागतको तयारी भएको बताइएको छ । उनको घर काठमाडौंको कलंकीमा अबस्थित छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
1
+1
+1
+1
1
+1
+1



