चलचित्र ‘सम्हालिन्छ कहिले मन’ भदौ १७ गते रिलिज हुँदै

काठमाण्डौँ : चलचित्र ‘सम्हालिन्छ कहिले मन’ भदौमा रिलिज हुने भएको छ। एबी इन्टरनेशनलको व्यानरमा निर्माण भएको चलचित्र ‘सम्हालिन्छ कहिले मन’ २०७९ भदौ १७ गते देशभरका सिनेमा हलहरुबाट प्रदर्शन हुने भएको छ। छायाँकन सकिएको २ वर्षपछि यो चलचित्र सिनेमा हलहरुमा प्रदर्शन हुन लागेको हो।

यस अघि भदौ १० गते आफ्नो प्रदर्शन मिति सार्वजनिक गरेको उक्त चलचित्र युनिटले अब भने भदौ १७ गते चलचित्र ‘सम्हालिन्छ कहिले मन’को  प्रदर्शन मिति तय गरेको छ । निर्माण टिमका अनुसार यही शुक्रवार एक गीत सार्वजनिक हुनेछ ।

सुदर्शन थापाको निर्देशनमा बनेको चलचित्र ‘सम्हालिन्छ कहिले मन’ मा पूजा शर्मा, आकाश श्रेष्ठ र सोनाम तोप्देनको मुख्य भूमिका रहेको छ। यस्तै मरिष्का पोख्रेल,सरोज खनाल, गौरी मल्ल, धिरेन शाक्यलगायतका कलाकारहरुले अभिनय गरेका छन्। बाहिरी देश लण्डन र दुबई लगाएत नेपालको मुस्ताङमा छायाँकन गरिएको चलचित्र ‘सम्हालिन्छ कहिले मन’ त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्र हो।

निर्मातामा अमित बस्नेत,अजित कुमार थापा, परी राणासँगै अंकित गौतम र सनिष खकुरेल कार्यकारी निर्माता रहेका छन्। साथै सो चलचित्रका निर्माण नियन्त्रक बिक्रम प्रसाद पण्डित हुन् । त्यस्तै चलचित्रमा महेश दवाडीको कथा, अर्जुन पोखरेल, सुगम पोखरेल र ताराप्रकाश लिम्बुको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0

सम्बन्धित समाचार

Back to top button