सुप्रियासँग निर्देशक सुदर्शन थापाले साटे औंठी

निर्देशक सुदर्शन थापाले प्रेमिका सुप्रिया कटुवालसँग ईन्गेजमेन्ट गरेका छन् । सोमबार, सुदर्शन र सुप्रियाले औंठी साटेका हुन् । आज सुदर्शनको जन्मदिन पनि हो ।

सुदर्शनकी हुनेवाला दुलही सुप्रिया म्युजिक भिडियो मोडल र समाचार वाचिका हुन् । दर्जनौं म्युजिक भिडियोमा मोडलिङ गरेकी सुप्रियाले बिर्खेलाई चिन्छस् र साँढे सात नामक फिल्ममा अभिनय समेत गरेकी छिन् । सुदर्शन थापा चाहिं नेपाली फिल्म क्षेत्रका सफल निर्देशक र कुशल कलाकार समेत हुन् ।

सुदर्शन र सुप्रियाको भेट फिटनेस क्लबमा भेट भएको थियो । त्यहाँ बाटै दुईबिच प्रेम पलाएको थियो । प्रेम र परिवारको सहमतीमा सुदर्शन र सुप्रियाले औंठी साटेका हुन् । उनीहरुको बिहे यसै बर्ष हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button