
ग्यास सिलिण्डर पड्किएर एक बालक घाइते
जनकपुर । जनकपुरको पिडारीचोक स्थित नमुना वस्तीको एक घरमा आगलागी भएको छ ।

गत हिजो बुधबार साँझपख स्थानीय अवधकिशोर यादवको घरमा अचानक आलगागी भएको थियो ।
आगलागीमा परेर एकजना बालक घाइते भएको हो।

बालकको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिएका हुन् ।
आगलागीको बेला घरमा खाना पकाउने ग्यास सिलिण्डर समेत विस्फोट भएको छ । एउटा सरकारी नम्बरप्लेटको मोटरसाइकल जलेको छ भने घरमा भएको सरसमान जलेको प्रहरीले जनाएको छ ।
जलेको सरकारी मोटरसाइकल सोही घरमा भाडा लिएर बसेका मुजेलिया स्थित सडक डिभिजनको एकजना सवइन्जिनियरको रहेको छ ।
आगलागी नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ । आगलागी के कसरी भयो भन्ने अहिलेसम्म खुलेको छैन ।सम्पूर्ण क्षति विवरण आउन बाँकी रहेको डिएसपी बस्नेतले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1



