
घरकर्जा लिन बैंक जाँदै हुनुहुन्छ ? जान्नुहोस्, कुन बैंकले कति ब्याजमा ऋण दिइरहेका छन्
काठमाडौं । बैंकहरुले पुस महिनाका लागि निक्षेपको ब्याज नबढाउने भद्र सहमति गरेका छन् । ब्याज बढाउँदैमा निक्षेप नबढ्ने निष्कर्ष निकालेर बैंकहरु ब्याज नबढाउने सहमतिमा पुगेका हुन् ।

निक्षेपको ब्याजदर परिवर्तन नभएपछि सम्भवतः पुसमा कर्जाको ब्याजदर पनि यथावतै रहने छ । तर, पुस मसान्तमा बेसरेट बढ्ने र माघपछि कम्तिमा एक प्रतिशत बिन्दूले ब्याजदर बढ्न सक्ने बैंकहरुले बताएका छन् ।

पुसमा तत्काल कर्जाको ब्याजदर नबढेपछि कर्जा पाउने सम्भवना भने निकै न्यून छ । बैंकमा लगानीयोग्य रकम (तरलता) अभाव भएपछि आधाआधी बैंकले कर्जा प्रवाहमै रोक लगाएका छन् । केही बैंकहरुले सिमित ऋणीलाई मात्र कर्जा प्रवाह गरिरहेका छन् ।
नेपालमा कोभिड महामारी फैलिएपछि गत बर्ष देशैभर घरजग्गाको कारोबारमा उछाल आएको थियो । व्यक्ति, घरजग्गा व्यवसायी र बैंक तथा वित्तीय संस्थाहरुले पनि पैसा घरजग्गामा खन्याएका थिए ।
कोभिडको बिचमा लगानीयोग्य ठाउँहरु नपाउँदा बैंकको कर्जाको ब्याजदर एकल बिन्दुमा झरेको अवसर पारेर धेरैले बैंकबाट कर्जा लिएर घरजग्गामा लगानी गरेको रियलस्टेट एजेन्सीहरुको भनाई छ ।
तर, पछिल्लो समयमा बैंकमा तरलता अभाव भएको र घरकर्जाको ब्याजदर पनि बढेको डबल डिजिटसम्म पुगेको छ ।
अहिले कुन बाणिज्य बैंकले कति प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराइरहेका छन् , तपाइँलाई हामी जानकारी गराउन गइरहेका छौं ।
बैंकहरुले घरजग्गा खरिद गर्नका लागि फिक्स र फ्लोटिङ ब्याजदरमा कर्जा उपलब्ध गराइरहेका छन् ।
अहिले बैंकले घरजग्गा खरिद गर्नका लागि न्यूनतम सवा ७ प्रतिशतदेखि १५ प्रतिशतसम्म ब्याजदरमा घरकर्जा उपलब्ध गराइरहेको तथ्यांकले देखाउँछ । बैंकले ५ बर्षदेखि ३० बर्षसम्मका लागि ऋण प्रदान गर्दै आइरहेका छन् ।
राष्ट्रिय बाणिज्य बैंक
सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले होमलोन, महालक्ष्मी हाउजिङ लोन, योर आउन होम लोन लगायत शिर्षकमा घरकर्जा ल्याएको छ । बैंकले होमलोन शिर्षकमा ५ बर्षे कर्जा ७.१३ देखि ७.६३ प्रतिशतसम्म, १० बर्ष अवधिको ७.६३ देखि ८.१३ प्रतिशत र १५ बर्ष अवधिका लागि ८.१३ देखि ८.६३ प्रतिशत ब्याजदरमा उपलब्ध गराइरहेको छ ।
यस्तै, महालक्ष्मी होमलोन १० बर्ष र १५ बर्षे अवधिका लागि ७.१३ देखि ७.६३ प्रतिशत ब्यजादरमा दिन्छ । यो आउन होम लोन २० बर्ष अवधिका लागि ७.३८ प्रतिशत ब्याजदरमा पाउन सकिन्छ ।
फिक्स रेटको होमलोन लिँदा ५ बर्ष अवधिको ९ प्रतिशत, १० बर्ष अवधिको १० प्रतिशत र १५ बर्ष अवधिको ११ प्रतिशतमा पाउन सकिन्छ । फिस्क रेटको महालक्ष्मी होमलोन १० बर्ष अवधिको १० प्रतिशत र १५ बर्ष अवधिको ११ प्रतिशत तोकिएको छ ।
नेपाल बैंक
नेपाल बैंकले सुलभ आवास कर्जा शिर्षकमा ५ बर्ष अवधिको घरकर्जा ७.१८ प्रतिशत, १० बर्षको ७.४३ प्रतिशत, १५ बर्षको ७.६८ प्रतिशत र २० बर्षको ८.१८ प्रतिशत ब्याजदरमा उपलब्ध गराएको छ ।
बैंकले होमलोन शिर्षकमा ५ बर्ष अवधिको ७.४८ देखि ८.०९ प्रतिशत, १० बर्षको ८.१२ देखि ८.७३ प्रतिशत, १५ बर्षको ८.९८ देखि ९.५९ प्रतिशतसम्म ब्याजदर तोकेको छ । प्रोफेसनल हाउजिङ लोन र नेपालक्ष्मी होमलोन ७.४८ देखि ८.०९ प्रतिशतसम्म ब्याजदरमा उपलब्ध गराइरहेको छ । घडेरी कर्जा ८.९३ प्रतिशत, रियलस्टेट हाउजिङ लोन ९.१२ देखि ९.७३ प्रतिशत ब्याजदरमा उपलब्ध छ । फिक्स रेटको घडेरी कर्जामा १०.९९ देखि १२.९९ प्रतिशत ब्याजदर तोकिएको छ ।
कृषि विकास बैंक
कृषि विकास बैंकले होमलोन, हाउस प्रचेज लोन, ल्यान्ड प्रर्चेज लोन र कम्लेक्स एन्ड हाउजिङ लोन लगायत शिर्षकमा घरकर्जा ल्याएको छ ।
बैंकले होमलोन, हाउस पर्चेज लोन, ल्यान्ड पर्चेज लोन कम्पलेक्स एन्ड हाउजिङ लोन शिर्षकको कर्जामा ७.१२ देखि १२.१२ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।
पाँच बर्ष अवधिको फिक्स रेटको होमलोन र होम पर्चेज लोन ८.४९ प्रतिशत ब्याजदरमा पाइन्छ । १० बर्ष अवधिको फिक्स रेटको होमलोन र होम पर्चेज लोन ८.९९ प्रतिशत ब्याजदरमा पाइन्छ । जमिन किन्नका लागि फिक्स रेटको कर्जा ८.६४ प्रतिशत ब्याजदरमा पाउन सकिन्छ ।
नबिल बैंक
नबिल बैंकले हाउजिङ लोन ९.११ प्रतिशतदेखि १३.११ प्रतिशतसम्म घरकर्जा उलपब्ध गराइरहेको छ । बैंकले ५ बर्षे फिक्स रेटको हाउजिङ लोन १२ प्रतिशत, १० बर्षे १२.५० प्रतिशत र १५ बर्षे १२.९९ प्रतिशत ब्याजदरमा उपलब्ध गराउँछ ।
नेपाल इन्भेष्टमेन्ट बैंक
नेपाल इन्भेष्टमेन्ट बैंकले हाउजिङ लोन ७.०९ देखि ११.०९ प्रतिशत ब्याजदरमा उपलब्ध गराइरहेको छ । बैंकले फिक्स रेटको ७ बर्षे होमलोन ११.३४ प्रतिशत र १० बर्षे अवधिको १२.३४ प्रतिशत ब्याजमा उलपब्ध गराउँछ ।
स्टान्डर्ड चार्टर्ड बैंक
यो बैंकले होमलोन ७.४३ प्रतिशतदेखि ९.१८ प्रतिशतसम्म ब्याजदरमा दिइरहेको छ । फिक्स रेटको होमलोन ५ बर्ष अवधिको ९.४२ प्रतिशत, ७ बर्षको ९.९२ प्रतिशत, १० बर्षको १०.६७ प्रतिशत र १५ बर्षको ११.९२ प्रतिशत ब्याजदरमा उपलब्ध गराउँछ ।
हिमालयन बैंक
हिमालयन बैंकले होमलोन ७.०१ प्रतिशतदेखि १२.०१ प्रतिशतसम्म तोकेको छ । ७ बर्ष अवधिको फिक्सरेट होमलोनको ब्याजदर १३.२५ प्रतिशत रहेको छ ।
नेपाल एसबीआइ बैंक
एसबीआइ बैंकले होमलोन ८.११ देखि १३१.११ प्रतिशतसम्मको ब्याजदरमा उपलब्ध गराउँछ । फिक्स रेटको होमलोन ३ बर्षको १३.२४ प्रतिशत, ५ बर्षको १४.२४, १० बर्षको १४.७५ प्रतिशत र १५ बर्षको १५.२४ प्रतिशत ब्याजदर तोकेको छ ।
नेपाल बंगलादेश बैंक
यो बैंकले हाउजिङ लोन शिर्षकमा ८.५१ देखि १२.५१ प्रतिशतसम्म ब्याजदरमा कर्जा उपलब्ध गराउँछ । फिक्स रेटको हाउजिङलोन लिँदा ५ बर्षका लागि १०.०९ प्रतिशत, १० बर्षका लागि ११.०९ प्रतिशत र २० बर्षका लागि ११.५९ प्रतिशत ब्याज तिर्नुपर्छ ।
एभरेष्ट बैंक
एभरेष्ट बैंकले एक करोड रुपैयाँसम्मको होमलोन ९ देखि १२ प्रतिशतसम्म र एक करोडभन्दा माथिको होमलोन ९.५० देखि १२ प्रतिशतसम्म उपलब्ध गराइरहेको जनाएको छ ।
फिक्स रेटतर्फ एक करोडसम्मको होमलोन ११ प्रतिशत र एक करोडभन्दा बढीको होमलोन ११.५० प्रतिशत ब्याजदरमा उपलब्ध गराउँछ ।
बैंक अफ काठमाडौं
बैंक अफ काठमाडौंले हाउजिङ लोन भनेर ८.५६ प्रतिशतदेखि १४.५६ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराइरहेको छ । फिक्स रेटको हाउजिङ लोन १० बर्षको १३.६० प्रतिशत, १५ बर्षको १४.६० प्रतिशत र १५ बर्षभन्दा माथिको १५.६० प्रतिशत ब्याजदरमा उपलब्ध गराउँछ ।
एनसीसी बैंक
एनसीसी बैंकले होमलोन शिर्षकको कर्जा ८.१२ प्रतिशतदेखि १५.१२ प्रतिशतसम्म तोकेको छ । यो बैंकले फिक्स रेटको होमलोन ५ बर्ष अवधिका लागि ११.८४ प्रतिशत, १० बर्षका लागि १२.०७ प्रतिशत र १० बर्षभन्दा बढी अवधिका लागि १२.४९ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउँछ ।
एनआइसी एशिया बैंक
यो बैंकले होमलोन ओडी, रेसिडेन्सियल होमलोन, होम इक्विटी लोन, इजी होम इक्विटी लोन ७.४८ प्रतिशतदेखि १३.४८ प्रतिशतसम्म ब्याजदरमा दिइरहेको छ ।
माथि उल्लेखित शिर्षकको कर्जा १५ बर्षका लागि फिक्स रेटमा लिँदा १४.५३ प्रतिशत ब्याज तिर्नुपर्ने हुन्छ ।
माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले होमलोन शिर्षकको कर्जा ७.६३ प्रतिशतदेखि १४.६३ प्रतिशतसम्म ब्याजदरमा उपलब्ध गराइरहेको छ । यस्तै, फिक्स रेटको होमलोन ५ बर्षको १०.२६ प्रतिशत, १० बर्षको ११.२६ प्रतिशत र १० बर्षभन्दा बढी अवधिको १२.२६ प्रतिशत ब्याजदरमा उपलब्ध गराउँछ ।
कुमारी बैंक
कुमारी बैंकले होमलोन शिर्षकको कर्जामा ८.८८ प्रतिशतदेखि १४.३८ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।
लक्ष्मी बैंक
लक्ष्मी बैंकले सबै प्रकारका होमलोनको ब्याजदर ७.५७ प्रतिशतदेखि १२.५७ प्रतिशतसम्म तोकेको छ ।
सिद्धार्थ बैंक
यो बैंकले होमलोन र डेढ करोड रुपैयाँभन्दा बढी हाउजिङ लोन ७.५७ प्रतिशतदेखि १२.५७ प्रतिशतसम्म तोकेको छ ।
बैंकले फिक्स रेटको होमलोन ५ बर्षका लागि ९.९० प्रतिशत, १० बर्षको १०.९० प्रतिशत र १० बर्षभन्दा माथिको ११.६६ प्रतिशत ब्याजदर उपलब्ध गराउँछ । फिक्स रेटकै डेढ करोडभन्दा बढी रकमको कर्जा लिँदा ५ बर्षको १०.१६ प्रतिशत, १० बर्षको १०.९० प्रतिशत र १० बर्षभन्दा बढी अवधिको ११.१६ प्रतिशत ब्याजदर तिर्नुपर्छ ।
ग्लोबल आइएमई बैंक
यो बैंकबाट होमलोन लिँदा ८.९१ प्रतिशतदेखि १३.४१ प्रतिशतसम्म ब्याज तिर्नुपर्छ । बैंकले फिक्स रेटको होमलोनमा ५ बर्ष अवधिको १०.८० प्रतिशतदेखि ११.८० प्रतिशतसम्म, १० बर्ष अवधिको ११.८१ प्रतिशतदेखि १३.८० प्रतिशतसम्म र १० बर्षभन्दा बढी अवधिको १३.८१ प्रतिशतदेखि १४.८० प्रतिशतसम्म ब्याजदर तोकेको छ ।
सिटिजन्स बैंक
बैंकले होमलोन शिर्षकमा ८.३६ प्रतिशतदेखि १३.११ प्रतिशतसम्म ब्याजदरमा कर्जा प्रवाह गर्दै आइरहेको छ । यस बैंकले फिक्स रेटको होमलोनमा ५ बर्ष अवधिको ११.०६ प्रतिशत, १० बर्षको ११.५६ प्रतिशत, १५ बर्षको १२.०६ प्रतिशत र १५ बर्षभन्दा बढी अवधिको १२.५६ प्रतिशत ब्याजदर तोकेको छ ।
प्राइम बैंक
यो बैंकले होमलोन र होमलोन रिपेयर शिर्षकको ब्याजदर ८.२७ प्रतिशतदेखि १५.२६ प्रतिशतसम्म तोकेको छ । बैंकले २० बर्ष अवधिको फिक्स रेटको होमलोनको ब्याजदर १३.०६ प्रतिशतदेखि १४.०६ प्रतिशतसम्म तोकेको छ ।
सनराइज बैंक
सनराइज बैंकले घरकर्जा ८.४० प्रतिशतदेखि १४.४० प्रतिशतसम्म ब्याजदरमा दिइरहेको छ । यस्तै, फिक्स रेटको होमलोन ५ बर्षका लागि १४.२० प्रतिशत, १० बर्षका लागि १४.७० प्रतिशत र १५ बर्षका लागि १५.२० प्रतिशत ब्याजदर लिइरहेको छ ।
एनएमबि बैंक
यो बैंकले हाउजिङ लोनमा ७.९६ प्रतिशतदेखि १२.९६ प्रतिशतसम्म ब्याजदर लिइरहेको छ । बैंकले स्ट्रक्चर लो कष्ट हाउजिङ लोनको ब्याजदर पनि ७.९६ प्रतिशतदेखि १२.९६ प्रतिशतसम्म तोकेको छ ।
प्रभु बैंक
प्रभु होम लोन र लो कस्ट हाउजिङ लोनको ब्याजदर ७.६३ प्रतिशतदेखि १२.६३ प्रतिशतसम्म तोकिएको छ । फिक्स रेटको होमलोन १०.७४ प्रतिशतदेखि ११.७४ प्रतिशतसम्म तोकिएको छ ।
मेगा बैंक
मेगा बैंकले हाउजिङ लोनमा ९.८१ प्रतिशतदेखि १६.८१ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।
सिभिल बैंक
सिभिल होम लोनको ब्याजदर ८.२६ प्रतिशतदेखि १२.२६ प्रतिशतसम्म तोकिएको छ । फिक्स रेटको होमलोनको ब्याजदर ११.७६ देखि १२.७६ प्रतिशतसम्म छ ।
सेञ्चुरी बैंक
यो बैंकले होमलोनको ब्याजदर ८.०९ प्रतिशतदेखि १३.०९ प्रतिशतसम्म तोकेको छ । फिक्स रेटको होमलोनको ब्याजदर १२.२८ प्रतिशतदेखि १३.२८ प्रतिशतसम्म तोकेको जनाएको छ ।
सानिमा बैंक
सानिमा बैंकले होमलोन र होम इक्वीटी लोन शिर्षकको कर्जाको ब्याजदर ७.४५ प्रतिशतदेखि १४.४५ प्रतिशतसम्म तोकेको छ ।



