ह्वात्तै घट्यो सुनको भाउ, तोलामा कति पुग्यो?

काठमाडौं। साताको कारोबारको दोस्रो दिन सोमबार सुनको मूल्य घटेको छ। सोमबार छापावाला सुन प्रति तोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार प्रति तोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ४ सयले घटेर ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ४० रुपैयाँ कायम भएको छ। चाँदी प्रति तोला १० रुपैयाँले घटेको हो। आइतबार चाँदी प्रति तोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ७८ हजार ७ सय ५ रुपैयाँ रहेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६३ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button