मारुती सुजुकीको सेकन्ड जेनेरेशन सेलेरियो सार्बजनिक, सुरुवाती मूल्य ४ लाख ९९ हजार रुपैयाँ

मारुती सुजुकीको निकै नै लोकप्रिय ह्याचब्याक कार सेलेरियोको सेकेन्ड जेनेरेशन बजारमा सार्बजनिक गरिएको छ । यो नयाँ कार एलएक्सआई, भिएक्सआई, जेडएक्सआई र जेडएक्सआई प्लस गरी ४ ट्रिम र ७ भेरियन्टमा उपलब्ध हुने बताइएको छ । जसमध्ये बेस भेरियन्ट एलएक्सआईको मूल्य ४ लाख ९९ हजार भारतीय रुपैयाँ कायम गरिएको छ ।

नयाँ कारमा १.० लिटर क्षमताको के१० सिरिज इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर ६७ पिएस र टर्क ८९ एनएम रहेको छ । जुन यसअघिको पुरानो मोडलको तुलनामा केही बढी हो । यो नयाँ कारले सेग्मेन्टमै सर्बाधिक बढी माइलेज प्रदान गर्ने दाबी गरिएको छ । प्रतिलिटर इन्धनको खपतमा यसले २६ किलोमिटर माइलेज प्रदान गर्ने दाबी गरिएको हो । माइलेज बढाउन यसमा आइडल स्टार्ट–स्टप फिचर दिइएको छ । नयाँ सेलेरियो हार्टेक्ट प्लेटफर्ममा आधारित छ । 

यो कारमा अपडेट गरिएको एक्सटेरियर लुक समाबेश गरिएको छ । कारमा अपडेटड हेडल्याम्प, बम्पर र टेलल्याम्प उपलब्ध गराइएको छ । थप आकर्षक बनाउन यसको फुल बडी किटमा समेत केही परिमार्जन गरिएको छ ।

नयाँ मारुती सेलेरियोमा एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट गर्ने ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट स्क्रिन जस्ता फिचर समावेश गरिएको छ । साथै यसमा पहिलो पटक मारुतीको स्मार्ट प्ले अडियो सिस्टम समेत समाबेश गरिएको छ । आइडल स्टार्ट÷स्टप फङसनको साथ पुश स्टार्ट÷स्टप बटन पनि समावेश गरिएको छ । यसको टप भेरियन्टमा सेमी–डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र मल्टि–स्पोक स्टेयरिङ ह्वील समेत समाबेश गरिएको छ । नयाँ सेलेरियोले इन्ट्री–लेभल ह्याचब्याक सेगमेन्टमा रेनो क्विड, हुन्डाई स्यान्ट्रो र ड्याटसन गो र टाटा टियागो लगायत कारसंग प्रतिस्पर्धा गर्नुपर्ने छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button