गठबन्धन भनेको के हो ? गठबन्धन सरकारको अर्थ के हो ?

गठबन्धन सरकारको अर्थ के हो ? राष्ट्रिय प्रजातन्त्र पार्टीले न गठबन्धन गर्छ र न तालमेल ।।
देशको राजनीतिक अवश्था। वर्तमान समयमा गठबन्धन सरकारले गरेकोे राष्ट्रघाती सम्झौता।
चीन नेपाल देखि रुष्ट ? MCC पास गरेपछि सरकार र प्रतिपक्ष संतुष्ठ।
गठबन्धन भनेको सबै मिलेर गाँठो फुकाउनु हो। कस्तो गाँठो भन्दा एउटामात्र गाँठो पारेर मजवुत बनाउन नसकेपछि एक वा एक भन्दाबढी गाँठा मिलाएर बलियो बनाएर गाँठो कस्नु भनेको नै गठबन्धन हो। एउटामात्र बन्धनले नसकेर अरू थप बन्धन जोडेर मजवुतीकासाथ मिलेर अगाडि बढनु नै गठबन्धन हो।
देशको राजनीतिक सत्ता साँझेदारी गरेर मिलेर अंशबन्डा गरेर कुर्सी ,पावर,सत्ताको बाडफाड गर्नु नै गठबन्धन हो। देशमा राजनीतिको नाममा विगत ३१ बर्षदेखि यस्तै भएको छ। देशले विगतमा गिरिजाप्रसाद कोईरालाको पालामा एकमाना सरकारको जनमत जनताले दिए। गिरिजाप्रसादले आफू प्रधानमन्त्री बन्न नपाएर आफ्नो नेपाली काँग्रेसको सरकारलाई गिराए।
देश महान कलाकार ,उखान टुक्राका र कमेडी नायक खडग प्रसाद वलीलाई दुई तिहाइ जनमत प्राप्त थियो र त्यहाँ पनि गठबन्धन थियो र आफ्नो पार्टीका उच्च नेतृत्वलाई मिलाउन नसकेर प्रचण्डको चतुर्याइँ र माधवकुमार नेपालको डिजाइनमा नेपाली काँग्रेससंग मिलेर के.पी. वली सरकारलाई परास्त गरे।
नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाको शरणार्थी भएर प्रधानमन्त्री देउवालाई बनाएर अदालतमा रिट दायर गरेर सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनेका हुन ! वर्तमान सम्मानित प्रधानमन्त्री शेर बहादुर देउवा हुन। देशमा जनमत, सासदको गरिमा र जन सर्वोच्चताको अवमूल्यन गरेको इतिहास साक्षी छ। वरू हार स्वीकार गर्छ तर कुनै दल र पार्टीसंग राष्ट्रिय प्रजातन्त्र पार्टीले गठबन्धन र तालमेल गर्दैन। जय मातृभूमि नेपाल।।
: कृष्ण प्रसाद शर्मा पन्थी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button