
छोराको शव सुम्सुम्याउँदै आमाले ‘उठ बाबु उठ’भन्दै भक्कानीदै थिइन एक्कासी बालक साँच्चै जीवित भएपछी ….
भारतमा एक चमत्कार भएको छ । सास गै सकिएको भनिएका बालकको होस फर्केको छ । त्यति मात्र होइन, उनी ठीक समेत भएका छन् । भारतको दिल्लीको एक अस्पतालमा उपचारका लागि ल्याइएका ६ वर्षका ती बालकलाई डाक्टरहरुले मृत घोषित गरेका थिए ।

त्यसपछि बालकको शवलाई उनीहरुको गाउँ हरयाणाको बहादुरगढ लगिएको थियो ।

भारतीय अखबार दैनिक भास्करका अनुसार बालकको अन्तिम संस्कारको तयारी भइरहेको थियो । आमाले आफ्नो छोराको टाउकोमा चुम्दै ‘उठ बाबु उठ’ भनिरहेकी थिइन् ।
त्यही बेला बालकको शरीरमा हलचल भयो । बालकको फेरि उपचार सुरु गरियो र मंगलबार ती बालक रोहतकको अस्पतालबाट हाँस्दै खेल्दै आफ्नो घर गए ।
बहादुरगढका हितेश र जाह्नवीका अनुसार उनीहरुका छोरालाई टाइफाइड भएको थियो । उनलाई उपचारको लागि दिल्ली लगिएको थियो । २६ मेका दिन डाक्टरहरुले उनलाई मृत घोषित गरिदिए ।
उनीहरु छोराको शव लिएर बहादुरगढ फर्किए । बालकका हजुरबुवा विजय शर्माका अनुसार उनीहरुले शव रातभरी राख्नको लागि बरफ र बिहान गाड्नको लागि नुनको व्यवस्था गरिसकेका थिए । गाउँलेहरुलाई बिहान श्मसान आउन भनिएको थियो ।
बालककी आमा जाह्नवी र ठूलीआमा अन्नुले रुँदै बालकलाई हल्लाउँदै उठ्न भनिरहेका थिए । केही समयपछि प्याक गरिएको शवमा हलचल देखियो । त्यसपछि पिता हितेशले बालकको अनुहार कपडाको प्याकिङबाट बाहिर निकाले अनि मुखबाट सास दिन थाले ।
छिमेकी सुनिलले बालकको छातीमा हल्का दबाब दिन थाले । यस्तो गरेको उनीहरुले फिल्ममा देखेका थिए ।
यही बीचमा बालकले पिताको ओठमा दाँत गाडे । त्यसपछि २६ मेको रातमै बालकलाई रोहतकको एक निजी अस्पताल लगियो ।
डाक्टरहरुले बालकको बाँच्ने सम्भावना १५ प्रतिशत मात्रै भएको बताएका थिए । उपचार सुरु भयो । बालकको स्वास्थ्स्थमा तीब्र रुपमा सुधार भयो र उनी पूरै ठिक भएर मंगलबार घर पुगे ।
अहिले बालकका पिता हितेश आफ्नो ओठमा छोराले दिएको घाउ देखाएर खुसी मनाइरहेका छन् । हजुरबुवा विजय यसलाई चमत्कार बताइरहेका छन् । आमाले भगवानले उनका छोरामा फेरि सास राखिदिएको मान्छिन् ।
यसबाट परिवार मात्रै होइन गाउँ नै खुसी भएको समाचार दैनिक भाष्करमा छ ।
कोरोनाको प्रकोप बढ्दै गएपछि जारी लकडाउन थप एक महिना लम्ब्याइयो
ढाका- बंगलादेशमा पछिल्लो समयमा कोरोनाको प्रकोप बढ्दै गएपछि यहाँ जारी रहेको लकडाउन पनि थप एक महिना लम्ब्याइएको बताइएको छ । बंगलादेश सरकारले भाइरसको प्रकोप नघटेपछि यहाँ जारी रहेको लकडाउनलाई थप एक महिना लम्ब्याइएको बुधबार जानकारी दिएको छ ।
सो लकडाउन बुधबार रातिदेखि थपिएको छ र आगामी महिना जुलाइको १५ तारिखसम्म कायम रहने घोषणा गरिएको बताइएको छ । त्यस अवधिका लागि सार्वजनिक यातायताका साथै पर्यटनसँग सम्बन्धित होटल रेष्टुरेन्टहरु सीमित संख्यामा मात्र खुल्न दिइने बताइएको छ ।
सरकारी कार्यालय तथा बैंक र फाइनान्स सेवा पनि प्रत्येक दिन केही घन्टा छुट्याएर खोल्न दिइने छ । यो लकडाउन देशैभरि लगाइएको बताएको छ ।
बंगलादेश सरकारको मन्त्रीपरिषदको बैठकले बुधबार लकडाउनको समयावधि थप गरेको जनाएको छ । बंगलादेशमा पनि पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको देखिएको छ ।



