कोरोना बाट बच्न लगाइएको अनौठो सुनको मास्कले संसारको ध्यान खिच्यो

यतिखेर कोरोना भाइरस (कोभिड–१९)को महामारीसँगै मास्कको नया नया ट्रेण्ड पनि चलिरहेको छ । भाइरस संक्रमणबाट बच्नका लागि भन्दै मानिसहरूले अनेकौं खालका अनौठा मास्कहरू समेत बनाउन थालेका छन् । भारत मा पनि यतिखेर कोभिड संक्र*मण ब्याप्त भैरहेको छ !

यसैबीच भारतमा एक व्यक्तिले सुनको मास्क बनाएर लगाएका छन् । भारतको पुने भन्ने ठाउँका एक व्यक्तिले ५० ग्रामभन्दा बढी तौलको एक मास्क बनाएका छन् जसको मूल्य भने २ लाख ८९ हजार भारतीय रुपैयाँ रहेको छ ।

पुनेमा बस्ने शंकर कुराडेले सो मास्क बनाएका हुन् । उनले बताएका छन्, मास्कमा साना साना प्वाल पनि बनाइएको छ, जसबाट स्वास प्रवाहका लागि भने समस्या हुँदैन ।

यो पनि, कोभिड हेल्प डेस्क सञ्चालन भएपछि सहज
वाग्मती प्रदेशको राजधानी हेटौँडमा मकवानपुरमा कृयाशील विभिन्न सङ्घसंस्थाको संयुक्त पहलमा कोभिड हेल्प डेस्क सञ्चालनमा आएपछि सङ्क्रमीत बिरामीको उपचारमा थपसघाउ पुगेको छ ।

अक्सिजनको अभाव, उपचारमा समस्या तथा औषधि अभाव नहोस् भनेर उद्देश्यले मकवानपुर उद्योग वाणिज्य सङ्घको कार्यालयमा सचिवालयमा कोभिड हेल्प डेस्क सञ्चालनमा आएको थियो ।

मकवानपुर उद्योग वाणिज्य सङ्घको नेतृत्वमा कोभिड हेल्प डेस्क स्थापनासँगै होमआईसुलेशनमा बसेका कोभिड सङ्क्रमितलाई घरमा पुगी परामर्श सेवा, अत्यावश्यक औषधी वितरण तथा आवश्यकताअनुसार घरमै अख्सिजनसमेत उपलब्ध गराउँदै आईएको हो ।

मानवीय संवेदना, सहकार्य र सहअस्तित्वको भावनाबाट प्रेरित भई मकवानपुरका विभिन्न क्रियाशील सङ्घसंस्थाले कोभिड–१९ न्यूनीकरण अभियान एकीकृतरूपमा सञ्चालन गर्ने उद्देश्यले कोभिड हेल्प डेस्क स्थापना गरेका हो ।

मकवानपुर उद्योग वाणिज्य सङ्घको कार्यालयमा सचिवालय रहेको डेस्कको संयोजक सङ्घका अध्यक्ष कृष्ण कटुवाल रहेका छन् ।

हेटौँडा अस्पताल मात्र होइन अन्य अस्पतालमा उपचाररत बिरामीलाई पनि सहयोग गरिने कोभिड हेल्प डेस्कका सचिवालय सदस्य तथा नारायणी सङ्घ हेटौँडाका महासचिव सरोज खनालले जानकारी दिनुभयो ।

मेसुमा डा सापकोटा नियुक्त

वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालको निमित्त मेडिकल सुपरीटेण्डेन (मेसु)मा डा रामचन्द्र सापकोटा नियुक्त हुनुभएको छ ।

प्रदेश सरकार अन्तर्गतको उक्त अस्पतालमा वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट हेटौँडा अस्पतालको निमित्त प्रमुखमा डा सापकोटालाई नियुक्त गरिएको हो । डा सापकोटा वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन हुनुहुन्छ । उहाँ साढे तीन वर्षदेखि हेटौँडा अस्पतालमा कार्यरत हुनुहुन्छ ।

भूपू गोर्खासँग बेलायत सरकार वार्ता गर्न तयार

गैरआवासीय नेपालीसँग युकेको पहलमा बेलायत सरकारलाई गोर्खा सैनिकका समस्याबारे लेखेको पत्रको जवाफ प्राप्त भएको छ ।

गत अप्रिल ६ तारिखमा गैरआवासीय नेपाली सङ्घ युकेको गोर्खासम्बन्धी गतिविधि हेर्ने विभागका संयोजक तथा सङ्घका उपाध्यक्ष प्रेम गाहा मगरको पहलमा गोर्खा सम्बद्ध पाँच संस्थाले संयुक्त पत्र तयार गरी यहाँको रक्षा मन्त्रालयमा पठाइएको थियो ।

बेलायत सरकारले प्रतिउत्तरमा पठाएको दुई पृष्ठ लामो पत्रमा भूपूगोर्खालाई पेन्सनका रुपमा वार्षिक करीब नेरु २० अर्ब बेलायत सरकारले दिँदै आइरहेको पत्रमा उल्लेख गरिएको छ । त्यसैगरी सन् २०१९ मा गोर्खा कल्याणकारी कोष स्थापना गरी कोषबाटै आधारभूत स्वास्थ उपचारका लागि भुक्तानी गरिरहेको समेत बताइएको छ ।

भूपूगोर्खा सैनिकको समस्या समाधानका लागि बेलायत सरकार वार्ताका लागि तयार रहेको र नेपालस्थित बेलायती राजदूत तथा नेपालका परराष्ट्रमन्त्रीबीच निरन्तर कुराकानी भइरहेको समेत उल्लेख छ । यसका साथै संवादका लागि नेपालस्थित बेलायती दूतावासमार्फत अघि बढ्न सकिनेसमेत जनाइएको छ ।

बेलायती रक्षा मन्त्रालयले तयार पारेको यसअघिको प्राविधिक समितिको गोर्खा समस्या व्यवस्थापन सम्बन्धीको दस्तावेज दुवै देशका प्रधानमन्त्रीबीच सन् २०१९ मा समेत छलफल भइसकेको भनिएको छ ।

बेलायत सरकारको यो पत्रअनुसार अब भूपूगोर्खाको समस्या समाधानका लागि नेपाल सरकारको ठोस निर्णय आवश्यक रहेको गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष प्रेम गाहा मगरको भनाइ छ ।

साथै पत्रबारे लण्डनस्थित नेपाली दूतावासलाई मौखिक रुपमा जानकारी गराइसकिएको र अब एकदुई दिनमा नेपाल सरकारले छिटोभन्दा छिटो वार्ता टोली खडा गरोस् भनेर नेपाल सरकारको ध्यानाकर्षणका लागि नेपाली दूतावासमार्फत ज्ञापनपत्र बुझाइने बताउनुभयो ।

गत महिना बेलायत सरकारलाई संयुक्तरुपमा पठाएको पत्रमै समस्या समाधानका लागि बेलायतले जुन १५ तारिखसम्म पहल नगरे आमरण अनशन बस्ने चेतावनी दिइएको थियो ।

त्यसैअनुसार संयुक्तपत्रमा हस्ताक्षर गरेका कृष्णबहादुर राईको अध्यक्षतामा गठित सत्याग्रह अभियानका तीन सदस्य जुलाई १ तारिखदेखि आमरण अनशन बस्ने निधो गरिसकेकाले यसपूर्व नै नेपाल सरकारले ठोस कदम चाल्नुपर्ने भूपूगोर्खाको समस्या समाधानका लागि क्रियाशील संस्थाको अनुरोध छ ।

नेपाल सरकारले अविलम्ब वार्ता टोली गठन नगरे अहिले बनेको वार्ताको वातावरण पछि कायम नरहन सक्ने हुँदा नेपाल सरकारले यो पत्रको सही सदुपयोग गर्नुपर्ने गैरआवासीय नेपाली सङ्घको धारणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button