
बिहेमा सालीले भिनाजूको जुत्ता लुकाऊदा भयो यस्तो ल फ डा, दुलाहाले यस्तो हरकत गरेपछी दुलहीले बोलाइन् प्रहरी
बिहेमा केटी पक्षले दुलाहाको जुत्ता लुकाउने, दुलाहाले केही रकम दिने र केटी पक्ष बिशेषत दुलाहाका सालीहरुले जुत्ता फिर्ता दिने हिन्दु बिवाहमा एक चलन हो । तर यस्तो चलनका कारण बिहे नै भाँडिएको छ भने दुुलाहा प्रहरी चौकी पुुगेका छन् ।

यो घटना भारतको हो । त्यहाँ उत्तर प्रदेशको मुजफ्फरनगरमा रहेको सिसौली गाउँमा उक्त घटना भएको हो ।

त्यहाँ के भयो भने त्यहाँ एउटा विवाह समारोह हुने थियो । दुलहीले जन्ती ल्याए ।
अब समाचार यो छ कि दुलाहा आफ्नै विवाहबाट खाली हात फर्केका थिए। जन्ती सहित गएका दुलहाले केटीको पक्षमा केही महिलाहरूसँग नराम्रो ब्यवहार गरे । त्यसपछि उनी दुलही लिएर होइन, उनलाई लिन प्रहरी चाँही आए ।
कुरा बिग्रिन सुरु भयो जब चलेको चलनका कारण, त्यहाँ जुत्ता लुकाउने विधि थियो । केटीहरूले दुलहाका जुत्ता लुकाए । अब यस्तो हुन्छ कि दुलहाले पैसा नदिएसम्म उसको जुत्ता फिर्ता हुँदैन ।
ठ्याक्कै त्यस्तै भयो । तर २२ वर्षीय दुलहा विवेक कुमार यस विषयमा धेरै रिसाए ।
उनले जुत्ता लुकाउने महिलालाई नराम्रो ब्यवहार गर्न थाले । दुलाहाका साली र अन्य नातेदारहरूले विवेकलाई शान्त पार्न निकै प्रयास गरे । तर अर्कोको कुरा सुन्न तयार उनी तयार भएनन् । यसको विपरीत, उसले एक मानिसलाई थ प्प ड समेत जमाए ।
चाखलाग्दो कुरा के भयो कि दुलहीलाई यो सबैको कारण दुखी बनायो । उनले बिहे नै क्यान्सिल गरिन् । जन्तीलाई त्यसपछि खाली हात दुलाहाको घर पठाइएको थियो ।
तर केटा, उनको बुबा र दुई आफन्तहरू समातिए । पुलिसलाई सूचित गरिएको थियो । तब सबैले एक सम्झौतामा पुगे । केटाहरूले दहेजमा १० लाख रूपैयाँ लिएका थिए ।
उक्त रकम फर्काउने कुरामा सहमत भयो । भारतीय समाचारका अनुसार एसएचओ वीरेन्द्र कासानाले भने, कुनै पनि पक्षले लिखित गुनासो पेश गरेको छैन ।
यो पनि,,,,एसईई र कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय, अब कहिले हुन्छ ?
यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको भर्चुअल बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय परीक्षा बोर्डका सदस्य तथा शिक्षा विभागका महानिर्देशक बैकुण्ठ प्रसाद अर्यालका अनुसार एसईई र कक्षा– १२ को परिक्षा स्थगित गर्ने निर्णय गरेको बताएका हुन्।
अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको उनले जानकारी दिए । ‘सरकारले पनि परीक्षा नचलाउ भनेको छ, कोभिड पनि बढेको बढ्यैछ, नियन्त्रणमा छैन, परीक्षा सञ्चालन गर्न सक्ने अवस्था रहने, तत्कालका लागि स्थगित गरियो, परीक्षा हुने समय पुनः अर्को सूचना निकाल्छौं,’ उनले भने ।
एसईई जेठ १३ गतेदेखि सञ्चालन गर्ने गरी तयारी गरिएको थियो भने कक्षा १२ को परीक्षा जेठ २६ बाट गर्ने तालिका थियो। आज बिहान बसेको बोर्डको बैठकले कोरोना संक्रमित संख्या दिनप्रतिदिन वृद्धि भइरहेकोले अहिलेको अवस्थामा परीक्षा गर्न नसकिने निष्कर्ष निकालेको हो।
जेठ १३ गतेबाट सञ्चालन हुने एसईईका लागि प्रश्नपत्र छपाइको काम सकिएको छ । ५ लाख १७ हजार विद्यार्थी एसईईको तयारी छन् । अवस्था नियन्त्रणबाहिर रहेकाले देशभरका २ हजार १९ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुन नसक्ने निर्ष्कष निकालिएको बोर्डका सदस्यहरुले बताए । जेठ २६ बाट हुने कक्षा १२ को परीक्षा पनि अन्यौलमा छ ।
परीक्षा हुन महिना दिन बाँकी छ तर महामारीले पठनपाठन बन्द छ भने अधिकांश जिल्ला निषेधाज्ञामा छन् । करिब ४ लाख परीक्षार्थी कक्षा १२ मा छन् ।
यसवर्ष कक्षा १२ को हकमा अनलाइनबाट प्रश्नपत्र पठाउने व्यवस्था गरिएको छ । गतवर्ष पनि कोरोना महामारीकाबीच अनलाइनबाटै प्रश्नपत्र पठाएर घरपायक परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो । यो वर्ष इन्टरनेट सुविधा पुगेका निश्चित परीक्षा केन्द्रमा मात्रै प्रश्नपत्र पठाएर परीक्षा लिने तयारी छ ।
गतवर्ष पनि कोरोना महामारीका कारण एसईईका परीक्षार्थीलाई विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनका आधारमा बोर्डले नतिजा दिएको थियो ।



