
दुलहा कोरोना संक्रमित भएपछि पीपीई लगाएर बिहे (भिडियो हेर्नुस्)
विवाहको मिति यत भइसकेको थियो । सबै तयारी पुरा भएको थियो । तर परिक्षणका क्रममा वेहुलालाई कोरोना पुष्टि भयो । सबै तयारी गरेको विवाह रोक्न पनि समस्या थियो । त्यसैले जुक्ति निकाले पीपीई लगाएर सुरक्षित तरिकाले विवाह सम्पन्न भयो । भारतको रतलाममा यस्तो घटना भएको हो । वेहुलाको लुगामा चिटिक्क पर्नुपर्ने दुलहा पीपीईमा सजिए ।

भारतको मध्यप्रदेशमा पीपीइ किट’ लगाएर एक जोडीले विवाह गरेका हुन्। बेहुला कोरोना पोजेटिभ भएका कारण पीपीई लगाएर विवाह गर्नुपरेको छ । सोमबार रतलाममा घरभित्रै दुलहा र दुलही र परिवारका निश्चत सदस्य बसेर विवहा सम्पन्न गरिएको हो। त्यसक्रममा सबैले पीपीइ लगाएका थिए। विवाहको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

रतलामका अधिकारीहरुका अनुसार दुलहामा अप्रिल १९ मा कोराना पुष्टि भएको थियो। कोरोना फैलिने सम्भावना रहेकाले अधिकारीहरु विवाह रोक्न पुगेका थिए। तर पछि स्वास्थ्य सतर्कता अपनाउँदै पीपीइ किट लगाएर विवाह भएको हो।
यो पनि,,चर्को घाममा मकै पोल्ने ७६ वर्षीय आमा बुवा, यसरी सुनाए आफ्ना दुःखका कथा (भिडियो)
नेपालगञ्ज/ बाँकेको सुन्दर शहर कोहलपुरको चौराहामा वर्षौं देखि मकै पोल्दै आएका ७६ वर्षीय अब बुवा संग ‘नेपालगञ्ज राइडर ‘ नामक युट्युव च्यानलका साथीहरुको भेट भयो ।
वैशाखको चर्को घाममा मकै पोल्दै बसेका आमा बुवा संग हामीले केही बेर मकै खाँदै कुराकानी गरेका थियौं ,कुराकानीको क्रममा उहाँ हरुले आफ्ना दुःख र सुखका पल हामी सम्म साट्नु भयो।
यहाँ मकै पोल्न थालेको कती भयो भनि हामीले सोधेको प्रस्नमा उहाँले भन्नु भयो हामीले मकै पोल्दा यो बाटो नै बनेको थिएन ,उहाँ हरुले यहाँ मकै पोलेर नै बिहान बेलुकाको जोह गर्नु भएको रहेछ । कुराकानी को क्रममा उहाँले अलि भावुक हुँदै भन्नु भयो अब लकडाउन हुदै छ , बिहान बेलुका यही मकै पोलेर गुजारा गर्ने हाम्रो हालत के हुने होला ? थप भिडियोमा हेर्नु होस्



