जब घर नजिकै भेटियो ह्वेलको बान्ता, महिला बनिन् रातारात करोडपति

थाइल्याण्डमा एकजना महिलाले समुद्री तटीय क्षेत्रमा रहेको आफ्नो घर नजिकै ह्वेलको बान्ता भेट्टाइन् । ठूलो आकारको त्यो डल्लो बहुमूल्य थियो र उनलाई रातारात करोडपति बनाइदिएको छ ।

सिरिपोन नियामरिन आँधीसहितको वर्षा रोकिएसँगै तटीय क्षेत्रमा रहेको आफ्नो घरबाहिर निस्केर हिँडिरहेकी थिइन् । नाखोन सी थाम्माराट प्रान्तमा रहेको उनको घर नजिकै तटमा उनले एउटा अनौठो डल्लो देखिन् । गत फेब्रुअरी २३ को घटना हो यो ।

उनी त्यो वस्तुको नजिकै गइन् र यसो सुँघी हेर्दा त्यो माछाको गन्धजस्तो लाग्यो । त्यो चिज अनौठो मात्र नभइ बेच्न पनि सकिन्छ कि भन्ने आशामा उनले त्यसलाई बोकेर आफ्नो घर ल्याइन् । ७ केजी तौलको उक्त डल्लो १२ इन्च चौडा र २४ इन्च लामो थियो ।

अन्ततः उनले त्यो डल्लो ह्वेलमाछाको बान्ता भएको थाहा पाइन् । ह्वेलको बान्तालाई एम्बेरग्रिस भनिन्छ । उनले फेला पारेको त्यो डल्लोको मूल्य १ लाख ८६ हजार ब्रिटिस पाउण्ड अर्थात् ३ करोड रुपैयाँ भन्दा धेरै पर्ने बताइएको छ ।

उनले आफ्नो घरमा सुरक्षित राखेको त्यो डल्लोको विज्ञद्धारा परीक्षण गर्न आउनका लागि स्थानीय सरकारसँग आग्रह गरेकी छिन् । त्यो बिक्री भएर प्राप्त हुने रकमले आफ्नो समुदायलाई पनि सहयोग गर्ने उनको इच्छा छ ।

दुर्घटनामा मृत्यु भएका किशोरका अंग दान गर्नका लागि निकाल्न खोज्दा अचानक ‘बाँचे’

काठमाडौं। दुर्घटनामा परेर अस्पताल लगिएकोमा डाक्टरले मृ त घोषित गरेका एक किशोरका अंग अन्य व्यक्तिलाई दान गर्नको लागि निकाल्न लागिएको थियो । तर, अंग निकाल्नुभन्दा ठिक अघि ती किशोर तमत्कारिक रुपले बाँचेका छन् ।

दुर्घटनाको ४ दिनपछि यी किशोरका परिवारलाई उनी ब्रेन डेड भएको भनिएको थियो । ब्रेन डेड अर्थात मस्तिस्क मृ त भ एका व्य क्ति बाँच्ने सम्भावना हुँदैन ।

द सनका अनुसार १८ वर्षका लेविस रोबर्टसको बाँच्ने सम्भावना नभएको घोषणापछि उनका परिवारले उनका अंग दान गर्ने निर्णय गरेका थिए । उनका अंग निकाल्नको लागि अपरेशनको तयारी गरिएको थियो तर अचानक ती किशोरले आफ्नै क्षमतामा सास फेर्न थाले ।

जबकि डाक्टरले उनले आफैं सास फेर्न सक्ने सम्भावना शुन्य भएको बताएका थिए । बेलायतको स्टाफोर्डशायरका लेविसको रोयल स्टोक युनिभर्सिटी अस्पतालमा उपचार भइरहेको छ ।

लेविस मार्च १३ का दिन दुर्घटनामा परेका थिए । एक हप्ताअघि अंगदानका लागि अपरेशन गर्नु ठिक अघि ‘दोस्रो’ जीवन पाएका उनको स्वास्थ्य सुधार हुँदै गइरहेको छ ।

उनको उपचारको लागि आर्थिक संकलन गर्न फण्डराइजिङ अभियान चलाइएको छ जहाँ यो समाचार तयार पार्दासम्म ३३४९ पाउण्ड (५ लाख ४३ हजार रुपैयाँ) जम्मा भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button