
आखिर को हुन् यी महिलाहरु? दुवई गएर यी महिलाहरुले पूरै कपडाबिहिन भएर फोटो खिचाएपछि….. (भिडियो हेर्नुहोस्)
संयुक्त अरव इमिरेट्स (युएइ) को राजधानी दुबईमा महिलाहरुको एक समूहले अनौठो काम गरेको छ । मुस्लिम देश युएई महिलाका बिषयलाई लिएर कडा छ ।

तर त्यही केही महिलाहरुले पूरै कपडा बिहिन भएर फोटो खिचाएका छन् । उनीहरुलाई प्रहरीले पक्रेको छ । शनिबार अनलाइन पोस्ट गरिएको एउटा भिडियो फुटेजमा यी महिलाको एउटा समूह देखिएको छ जो बालकोनीमा छन् र उनीहरुको तस्बिर खिँचिदैछ ।

युक्रेनी वाणिज्य दूतावासले बीबीसीसँगको कुराकानीमा ११ युक्रेनी महिलालाई पक्राउ गरिएको जानकारी दिएको छ । यस्तै रुसी मिडिया अनुसार रुसका एक व्यक्तिलाई पनि प्रहरीले लगेको थियो ।
दुबईमा सार्वजनिक न ग्न ता को मामिलामा ६ महिनासम्म जेल र ५ हजार दिरहामको जरिवाना लगाउने प्रावधान छ । यूएईको धेरैजसो कानून शरीया कानूनमा आधारित छ र अतितमा पनि मानिसहरुलाई सार्वजनिक स्थानमा प्रेम व्यक्ति गरेको र यस्ता कार्यको सार्वजनिक प्रदर्शन गरेकोमा सजाय दिइसकिएको छ ।
यस भिडियोमा देखिएअनुसार लगभग एक दर्जन महिला दुबईको मरिना इलाकामा बालकोनीमा यस्तो फोटोसुट गराइरहेका थिए । युक्रेनी वाणिज्य दूतावासका अनुसार यी महिलासँग थप अनुसन्धान भै रहेको छ ।
यसअघि रुसी मिडियामा सार्वजनिक भएको रिपोर्ट अनुसार आठ रुसी महिलालाई पक्राउ गरिएको थियो तर अब यो खबर अस्वीकार गरिएको छ । तर रिया समाचार एजेन्सीले अधिकारीलाई उद्धृत गर्दै यो कामका प्रबन्ध मिलाउने एक रुसी नागरिकलाई पनि पक्राउ गरिएको जानकारी दिएको छ ।
दुबईमा प्रहरीले पहिले नै कुनै पनि यस्ता सामग्री वा सार्वजनिक नैतिकतालार्य हानी पुर्याउन सक्ने यस्ता कुनै पनि सामग्री प्रकाशित गर्दा जे ल वा जरिवाना तिनुपर्ने चेतावनी दिइसकेको छ । प्रहरीले आफ्नो बयानमा भनेको छ, ‘यस्तो प्रकारको अस्वीकार्य व्यवहार अरब समाजको मूल्य र नैतिकलाई दर्साउँदैन ।’
यूएईका नागरिक र सबै पयर्टकमाथि यो नियम लागू हुन्छ । यसमा कुनै पनि पर्यटकलाई कत्ति पनि छुट हुनेछैन । अतितमा दुबईमा छुट्टीका बेला पर्यटकलाई पक्राउ गरिएका केही हाई–प्रोफाइल मामिला पनि सार्वजनिक भइसकेका छन् ।
सन् २०१७ मा एक बेलायती महिलालाई एक व्यक्तिसँग सहमतिले त्यस्तो काम गर्दा समेत एक वर्षको जेल पठाइएको थियो ।