
फरार युवाको श्रीमती रुदै आइन् मिडियामा, ग र्भवती श्रीमतीको बनाए बिचल्ली
मोरगंको उर्लावारी ४ का मोहन राजवंशीको श्रीमतीलाई दोस्रो विवाह गरी लगेको भन्दै आशंका गरिएका युवकको श्रीमती पनि मिडियामा सार्वजनिक भएकी छन् ।

उनले भिडियो सार्वजनिक भएपछि आफ्ना श्रीमानलाई ल गाएको आ रो प सहि हो की भन्ने आशंका उब्जिएको बताएकी छन् । आफ्ना श्रीमान पनि केही दिन देखि सम्पर्क विहिन भएको उनको भनाई छ । १२ वर्ष साउदीमा बसेर पसिना बगाएका मोहन घर फर्कदा उनको श्रीमती घरमा थिइनन् ।

विवाह भएको वर्षौ पछि वुढेसकालमा श्रीमती हराएपछि अहिले उनका श्रीमान रुँदै मिडियामा सार्वजनिक भएका थिए । उनी सार्वजनिक भएर श्रीमती लगेको आशंका गरिएका युवाको नाम लिए पछि उनको श्रीमती पनि सार्वजनिक भएकी हुन् ।
उनले पनि आफ्ना श्रीमान हराएको बताएकी छन् । उनले आफ्ना श्रीमानको बारेमा कहिल्यै शंका नगरेको बताएकी छन् ।
उनी गर्भवती अवस्थामा छन् । यस्तो अवस्थामा श्रीमानले पी डा दिएको महिलाको भनाई छ । जिवन परियारको श्रीमतीले आफ्नो श्रीमान हराएको भन्दै सार्वजनिक भएकी हुन् । २० गते विहिवार पैसा लिन भन्दै धरान गएका श्रीमान अहिले सम्म फर्केका छैनन् ।
यता मोहनको छोरी आएर हाम्रो आमा पनि हराउनुभयो अंकल घर हुनुहुन्छ की हुनुहुन्न भन्दै सोध्न आएको जिवनको श्रीमतीले बताएकी छन् ।
मलाई त अहिले सम्म त्यस्तो शंका थिएन, जुन दिन आफ्नै आँखाले दुई जना जोडी भएको देख्छु त्यो दिन मात्र विश्वास गर्छु उनले भनिन् । ५ महिनाको गर्भवती छन् भने ८ वर्षको अर्का छोरा छन् ।
यस्तो अवस्थामा छोडेर श्रीमान हराएपछि उनी एक कल फोन आए पनि हुन्थ्यो भन्दै कुरेर बसेकी छन् । आफ्नो श्रीमानले ति महिलालाई दिदी भनेर सम्बोधन गर्ने गरेको पनि बताएकी छन् ।
संगै घाँस दाउरा गर्न जान्थ्यौं तर कहिल्यै शंका लागेन उनले भनिन्, उहाँका विवाह गर्ने उमेरका छोराछोरी छन्, त्यस्तो मान्छेलाई मैले कसरी शंका गर्नु ? यता मोहनले भने उनले दुखमा साथ दिएकी श्रीमती पोइला गएकै भएपनि फर्केर आए आफुले स्वीकार गर्ने बताएका छन् ।
एक साता अघि विदेशवाट नेपाल आएका मोहनले अहिले पनि श्रीमतीलाई फर्केर आउन आग्रह गरेका छन् । बैंकको ब्यालेन्स सकेको र घरमा भएको गरगहना सबै लिएर गएको छोराछोरीले नै बताएका छन् ।
उनका श्रीमानले पनि अब उनी आफुसंग भन्दा अर्कैसंग खुसी हुने भए उतै जान भन्दै आफ्नो सम्पत्ती भने फिर्ता दिन आग्रह गरेका छन् । यदि श्रीमती फिर्ता आउन चाहे स्वीकार गर्ने पनि बताएका छन् ।
यो पनि,,,एक व्यापारीले चन्द्रमामा आफ्नो २ महिनाको छोरीको लागि किने जग्गा !
इन्दियाको सूरतको सरथाणा इलाकामा वसोवास गर्ने विजय कथेरियाले आफ्नी दुई महिनाकी छोरीको लागि उपहार स्वरुप चन्द्रमामा जमिन लिएका छन् । विजय शिशाको व्यापारी हो ।
उनले चन्द्रमामा जग्गा किन्नको लागि न्यूयोर्क इन्टरनेशनल लूनार लैंड रजिष्ट्री कम्पनीमा इमेल पठाएका थिए । कम्पनीले आवेदन स्विकार गरेको छ ।
विजय कथेरियाको घरमा दुई महिना अघि छोरीले जन्म लिएकी थिईन् । छोरीको नाम नित्या राखिन् । छोरीको जन्मको समयमा नै विजयले केही खास उपहार दिने वारे सोचेका थिए, जुन उपहार अरु भन्दा फरक होस् ।
विजय कथेरियाले न्यूयोर्क इन्टरनेशनल लूनार लैंड रजिष्ट्रिी कम्पनीसँग सम्पर्क गरे र १३ मार्चमा चन्द्रमामा जमिन किन्न अनलाईन आवेदन दिए । एक एकड भूमि किन्नको लागि दिएको आवेदन कम्पनीले स्विकार गरेको छ ।
त्यसपछि कम्पनीले सवै कानुनी कारवाही पुरा गरे र विजय कथेरियाको जमिन किन्ने कुराको मन्जुरी भएको इमेल गरेको थियो । त्यस पछि कम्पनीले त्यो सम्वन्धि सवै कागजात पठाएको थियो ।
विजय कथेरिया नै चन्द्रमामा जमिन किन्ने पहिलो व्यापारी हो । नित्या शायद दुनियामा नै सवै भन्दा कम उमेरकी केटी हुन्, जसको नाममा चन्द्रमामा जमिन छ । मिस्टर पर्फेक्सनिष्ट’का उपनामले समेत चर्चित बलिउड अभिनेता आमिर खानकी छोरी इरा खानले चर्चामा आउनको लागि अनेकन हर्कत गरेकी छिन् ।
केही समय अगाडी मात्र इराले सामाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै डिप्रे-शनको खुलासा गरेकी थिइन् ।
पछि फेरि आफ्नै बुबाको जिम ट्रेनरसँग प्रेममा रहेको खुलासा गरेको थिइन् । यस्तै फन्डा गर्ने क्रममा इराले जंगलमा केही फोटोसुट गरेकी छिन् । इन्स्टाग्राममा उनकाे ३ लाख ८१ हजार भन्दा बढी फ्लोअर्स भएकी इरालाई चर्चा कमाउनकै लागि अनेकन हर्कत गर्ने गरेको प्रतिक्रया आउने गरेको छ ।
इरा आमिर खान र उनकी जेठी श्रीमती रिना दत्ताकी सन्तान हुन् । आमिर र रीनाले सन् १९८६ मा विवाह गरेका थिए । इराबाहेक उनिहरूका जुनैद नामका छोरा पनि छन् । सन् २००२ मा आमिर र रिनाको सम्बन्धविच्छेद भएकाे थियो । सन् २००५ मा आमिरले किरन रावसँग दोस्रो विवाह गरे ।