
यो हो विश्वकै अग्लो परिवार,परिवार भन्छन् ‘कपडा र जुत्ताको साइज किन्न निकै गार्हो हुने’
ट्र्याप परिवारलाई कपडा र जुत्ताहरू किनमेल गर्न पनि समस्या छ । आफूहरूलाई मिल्ने साइज पाइदैन् ।मिनिसोटा, १२ वैशाख मिनिसोटाको ट्र्याप परिवार आधिकारिक रूपमै विश्वकै सबैभन्दा अग्लो परिवार हो । परिवारको औषत उचाई ६ फिट ८ दशमलब ०३ इन्च छ । क्रिसी ट्र्याप भन्छिन् उनी परिवारकै फुच्ची सदस्य हुन् । ६ फिट ३ इन्च उचाइकी उनी निश्चय नै औषत महिलाभन्दा अग्ली छिन् । तर, परिवारमा भने उनी वास्तवमै डल्ली देखिन्छिन् ।

उनका पति स्कट ६ फिट ८ इन्च अग्ला छन् । जबकी उनका दुई छोरीहरू सभन्ना र मोली क्रमशः ६ फिट ८ इन्च र ६ फिट ६ इन्च छन् । ट्र्याप परिवारकी कान्छी सदस्य एडम ट्र्याप ७ फिट ३ इन्च अग्ला छन् । सँगसँगै उनीहरू सबैको उचाई जोड्दा टेनिस कोर्ट मैदानको आधा हुन्छ । परिवारका सबभैन्दा अग्ला ट्र्यापलाई विश्वकै सबैभन्दा अग्लो परिवारको विश्व रेकर्ड राख्ने बिचार आयो । सम्पूर्ण परिवार अर्थोपेडिक्स चिकित्सक डा। अन्ना सुडोहलाई भेटे ।

यसलाई आधिकारिक बनाउनको लागि प्रत्येक सदस्यको उचाइ गणना गर्न उभिएर र सुतेर दिनमा तीन पटक नाप्नुपथ्र्यो । सन् २०२० को ६ डिसेम्बरमा गिनिजले ट्र्याप्सलाई विश्वकै सबैभन्दा अग्लो परिबारको मान्यता दिएको थियो । ट्र्याप परिवारलाई कपडा र जुत्ताहरू किनमेल गर्न पनि समस्या छ । आफूहरूलाई मिल्ने साइज पाइदैन् ।
यो पनि -डोटीमा मोओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल-आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि डोटीमा नेकपा ९माओवादी केन्द्र० र ९एकीकृत समाजवादी० बीच तालमेल गर्ने सहमति भएको छ ।
दुई नगरपालिका र सात गाउँपालिकासहित नौ वटा स्थानीय तह रहेको डोटीमा नेकपा माओवादी केन्द्रले दिपायल सिलगढी नगरपालिका, सायल, आदर्श, केआइसिंह तथा बोगटान फुड्सिल गाउँपालिका गरी पाँच स्थानीय तह लिएको छ भने एकीकृत समाजवादीले शिखर नगरपालिका, जोरायल, बडिकेदार, पूर्वीचौकी गाउँपालिका गरी चार स्थानीय तह लिएको एकीकृत समाजवादीका जिल्ला अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिनुभयो ।
यसअघि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा एकीकृत समाजवादीबीच गठबन्धन गर्ने निर्णय गरिएको भए पनि कांग्रेस कार्यकर्ताको विरोधपछि अहिले माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन भएको माओवादी केन्द्रका डोटी जिल्ला अध्यक्ष शिवसिंह ओलीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “सत्तारुढ दलबीच गठबन्धनका लागि गएराति सहमति भएको थियो, कांग्रेसका जिल्ला तहका नेता कार्यकर्ताले नमान्दा कांग्रेससँग सहमति भएन हामी दुई समाजवादी र माओवादीले गठबन्धन गरेर जाने निर्णय ग¥र्यौं ।”
डोटीमा नेकपा माओवादी केन्द्र तथा एकीकृत समाजवादीबीच सहमति भएपछि आफूले पाएका स्थानीय तहमा आजै उम्मेदवारी दर्ता गर्ने तयारी भएको एकीकृत समाजवादीका डोटी उपाध्यक्ष शिवराज खड्काले जानकारी दिनुभयो ।
उता सत्तरुढ दल नेपाली कांग्रेस भने डोटीमा एक्लै चुनावमा जाने भएको छ । डोटीमा कांग्रेस एकलरुपमा निर्वाचन जाने र नौवटै स्थानीय तहका लागि आजै उम्मेदवारी दिइने कांग्रेस जिल्ला सभापति नरेन्द्रबहादुर सिंहले बताउनुभयो ।
उहाँले भन्नुभयो, “कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच गठबन्धनका लागि निकै प्रयास गरेका थियौँ, विविध कारणले सहमति हुन सकेन, हामी एक्लै निर्वाचनमा जान्छौँ ।”



