सेयर बजार फेरि ओरालोतिर, १३ वटै समूहको सूचक नकारात्मक
काठमाडौं : अघिल्लो कारोबार दिन सोमबार उछाल आएको सेयर बजारमा आज दोहोरो अंकको गिरावट आएको छ।
आज बजार २४ अंक बढिले ओरालो लागेको हो।
सोमबार सेयर बजार ५५.८८ अंकले घटेको थियो।
यसदिन नेप्से दोहोरो अंकले घटेपनि कारोबार रकम भने सोमबारको तुलनामा बढेको छ। आज २ अर्ब ७३ करोड मूल्य बराबरको सेयर कारोबार भएको छ।
सोमबार २ अर्ब ४३ करोड मू्ल्य बराबरको सेयर कारोबार भएको थियो।
यसदिन कारोबारमा आएका १३ वटै समूहको सूचक नकारात्मक देखिएका छन्। हाइड्रोपावर समूहको सूचक सर्वाधिक ३.१८ प्रतिशतले घटेको छ। यस्तै फाइानान्स र बैंक समूहको सूचक २ प्रतिशतभन्दा बढिले घटेको छ।
ट्रेडिङ, ननलाइफ इन्स्योरेन्स, माइक्रो फाइनान्स र इन्भेस्टमेन्ट समूहको सूचक १ प्रतिशत बढिले ओरालो लाग्यो।
यसदिन सेन्सेटिभ इन्डेक्स ३.७५ अंकले घटेर ३९४.३९ विन्दुमा अडिएको छ।
दोहोरो अंकले घटेको सेयर बजारमा आज एउटा कम्पनीको सेयर मूल्य १० प्रतिशत हारीहारीले बढ्यो।
अपर हेवाखोला हाइड्रोपावरको सूचक ९.९९ प्रतिशत बढेको हो।
कारोबार रकमका आधारमा रिदी पावर शीर्षस्थानमा रह्यो। सो कम्पनीको ४० करोड बढिको सेयर कारोबार भयो। ८ करोड मूल्य बराबरको सेयर कारोबार गरी शिवम् सिमेन्ट दोस्रो स्थानमा रह्यो ।