साराले किन भनिन् ‘आमाले बुवा सैफ अलिलाई छोडेर राम्रो गर्नुभयो’ बलिउडमा तरंग

एजेन्सी । बलिउड अभिनेता सैफ अलि खानले दोस्रो विवाह गरेर अहिले थप दुई सन्तानका बुवा समेत बनिसकेका छन् । सैफले सन् १९९१ मा अमृता सिंहसंग पहिलो विवाह गरेका थिए । उनीहरुको वैवाहिक जिवन सन् २००४ सम्म चल्यो । त्यसपछि उनीहरुले अलग रहने निर्णय गरे । औपचारीक रुपमा उनीहरु अलग भएको पनि धेरै वर्ष भइसकेको छ । उनीहरुका दुई सन्तान छन् ।

सारा अलि खान र इब्राहिम उनीहरुका सन्तान हुन् । सैफले अभिनेत्री करिना कपुरसंग दोस्रो विवाह गरेका छन् । उनीहरुका पनि दुई सन्तान छन् । करिनासंग विवाह गरेका सैफ सारा र इब्राहिमसंग पनि उत्तिकै नजिक छन् । आमा अमृता र बुवा सैफको स म्ब न्ध वि’च्छे दको निर्णयवारे उनीहरुकी छोरी साराले धेरै वर्ष पछि प्रतिकृया दिएकी छन् ।

उनले एक भारतीय मिडियामा अन्तरवार्ता दिँदै यसवारे प्रतिकृया दिएकी हुन् । साराका अनुसार पिता सैफ र आमा अमृताले स म्ब न्ध वि’च्छे द गर्ने सही फैसला लिएका थिए ।

आफ्नो आमाबाबुको बिग्रँदो स म्बन् धबारे भनिन्, ‘यो निकै सहज छ । यदि तपाईंले हेर्नुभयो भने तपाईंसँग दुईवटा विकल्प हुन्छ, या त तपाईं त्यो घरमा साथ रहनुहोस् जहाँ तपाईं खुसी हुनुहुन्न, या अलग भएर आफ्नो जीवन खुसीसाथ बिताउनुहोस् र जब भेट्नुहोस् एक अर्कै प्रकारको माया पाउनुहोस् ।’

उनी अगाडि भन्छिन्, ‘म आफ्नो आमासँग बस्छु । वहाँ मेरो लागि सबैभन्दा प्रिय मित्र र मेरा लागि सबै कुरा हुन् । मेरो पिता फोनमा मेरा लागि जहिले उपलब्ध हुनुहुन्छ । म जतिबेला चाहन्छु, त्यतिबेला भेट्न पाउँछु । मलाई लाग्दैन कि दुई जना सँगै रहँदा खुसी थिए । त्यही भएर मलाई लाग्छ स म्ब न्ध वि’च्छे द नै वहाँहरूका लागि सही निर्णय थियो । सायद हामी यति खुसी हुँदैन थियौँ होला ।’


तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button