‘सम्हालिन्छ कहिले मन’को ट्रेलरलाई दर्शकको साथ

गत शुक्रबार ओएसआर युटयुब च्यानलबाट सार्वजनिक भएको चलचित्र  ‘सम्हालिन्छ कहिले मन’को ट्रेलरले दर्शकको राम्रो साथ पाएको छ । ट्रेलरमा देखिएको कथाले दर्शकलाई चलचित्र प्रति थप उत्साहित बनाएको छ । हालसम्म चलचित्रको ट्रेलरलाई ३ लाख ७० हजर पटक हेरिएको छ भने भ्युज बढ्ने क्रममा रहेको छ ।

भदौ १७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा पुजा शर्मा, आकाश श्रेष्ठ, सोनाम तोप्देनको मुख्य भूमिका रहेको छ भने गौरी मल्ल, धिरेन शाक्य, सरोज खनाल लगायत कलाकारहरुको पनि अभिनय रहेको छ ।

एवि इन्टरनेशलको ब्यानरद्वारा निर्मित चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन भने चलचित्रको निर्मातामा अमित बस्नेत, सह- निर्मातामा परी राना र अजित कुमार थापा साथै कार्यकारी निर्मातामा सनिस खकुरेल र अंकित गौतम हुन् । चलचित्रमा अर्जुन पोखरेल र ताराप्रकाश लिम्बुको शव्द/ संगीत रहेको छ । साथै सौरभ लामाको छायांकन र कविराज गहतराजको कोरियोग्राफी समेत देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button