बुहारी भित्र्याउने बेलामा छोरा गुमाएँ

काठमाण्डौँ : आज रुदै–रुदै आफ्नै छोराको लाश हेर्न विवश भइन भुपेन्द्रकी आमा । छोरालाई खान खुवाएर सुत्न गएकी भुपेन्द्रकी आमा कसरी पुगिन भुपेन्द्रको लाश भएको ठाउँमा उनी आफैलाई थाहा छैन्। घरमा सुत्न पठाएको छोरोले यो संसार गुमाउँछ भन्ने कल्पना समेत गरिन्न । सोचेको पनि थिएन मेरो छोरा खाना खाएर टिकापुर गएको भन्ने। जब माइती घरबाट उनीलाई बहिनीको फोन आयो ‘भुपेन्द्र कहाँ छ ?’ जवाफमा उनी भन्छिन ‘किन र ?

अहिले भखरै खाना खाएर सुतेको छ’ तर उनको कुरा त्यो नसकिदै उताबाट बहिनी भन्छिन् टिकापुर आउँ दिदी भनेर । भुपेन्द्रकी आमा पनि माइतीघरमा भाइ बिरामी थियो केही भयो कि भनेर राती नै एम्बुलेन्स बुकिङ गरेर टिकापुर पुग्छीन् । तर टिकापुरमा र उनकै छोरोको लाश बनिसकेको रहेछ ।

रुदै उनी भन्छिन्  ‘सर्ट,पाइन्ट अनि पर्स त्यही बिस्तरामा छ सुतेको मेरो छोरालाई बोलाएर आज यस्तो गरिदियो ।’ उसको साथीले उसलाई बोलायो तर किन बोलायो ? या मार्न बोलायो या बचाउन बोलायो त्यो केही थाहा भएन ।’ ‘मेरो छोरालाई त मारिसकेको रहेछ….‘मेरो छोराले केही भन्न पाएन, एक शब्द आमा समेत पनि भन्न पाएन, बुहारी भित्र्याउने बेलामा आज मैले मेरो छोरा गुमाउनु प¥यो।’

भुपेन्द्रका साथी जो उनी सँगै टिकापुर पुगेका थिए।
भुपेन्द्रका साथी दिपेश न्यौपाने भन्छन् ‘भुपेन्द्र दाई कपिल दाईको फोन आयो र कपिल दाईले मलाई टिकापुरमा पुसिले लेख्दैछ भनेर भने । अनि भुपेन्द्र दाईले जाउँ हिड् भने ।’ ‘मैले दाई यति राति काँ जाने भने ?’ हामी निस्कीयौँ । बाटोमा हामीलाई कपिल दाईले एउटा लोकेशन दिए ‘नौलो रिसर्च’ भन्ने तर भुपेन्द्र दाईले मामालाई फोन गरेर सोधे । तर त्यो लोकेशन केही भेटिएन भनेर भान्जा भनेर मामाले भने’।

‘त्यसपछि मैले बीचबाटोमा बाइक रोकेर दाई नजाउ भने’ भुपेन्द्र दाई ‘त्यो तेरो कुरा पनि सहि हो तर जाउ केही हुन्न मोटेलाई म त्यहाँ सेप गरिहाल्छु चिनेको मान्छे छन् भन्यो।’ त्यसपछि हामी केरा बारी तिर गयौँ त्यहाँ सोध्यौ अर्को केरा बारी पनि छ भनेर भने। हामी त्यहाँबाट पनि थयौँ तर त्यो लोकेशन नै हामीले भेटाउँदै भेटाएनौँ ।’ अनि भुपेन्द्र दाईले कपिल दाईलाई फोन गरे हामी केही पनि भेटाउँदै छैनौँ सिद्धार्थ नै आइजा भने।’

‘अब हामी उताबाट फर्किए आउँदा खेरि अगाडीको केरा बारीमा केटाहरु जम्मा भएका थए।’ उनी आँखामा आशु जम्मा पार्दै भन्छन्, ‘एउटाले बाइक रोक भने मैले झन कुदाए कुदाएर भाग्दाभाग्दै पछाडीबाट स्कुटी ल्याएर आइहाले ।’ सिद्धार्थ होटल नजिक पुग्ने बितिक्कै उनीहरु पुगिहाले म बाइकबाट उत्रिदै थिए भुपेन्द्र दाई भित्र छिर्दै थिए त्यही बेलामा आएन भन्नेले भुपेन्द्र दाईको टाउकोमा समातिहाले।’
‘त्यसपछि अरु आएर मेरो मुखमा टर्च लथाएर काँ हस काँ हस् भनेर भने मैले मामा घर आएको भने अनि उनीहरु भुपेन्द्र दाईको तिर नै गए अनि म भागिहाले। पछि म झाडीमा लुकेको थिए भुपेन्द्र दाई कराउँदै थिए। उनी आखाको परेलमा आँशु रोक्दै भन्छन् सुरुमा नै भुपेन्द्र दाइमा उनीहरुको आखा प¥यो।’
भुपेन्द्र दाई लाष्टै कराउँदै थिए ।

केन्द्रीय अनुसन्धान ब्युरोको टोली खटाउने तयारी
कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भुपेन्द्र बडुवालको हत्या अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली खटाउने तयारी भएको छ । जिल्ला प्रहरी कार्यालयको आग्रहमा सीआईबीको टोली खटाउने तयारी गरिएको हो । गत मंगलबार राति २३ वर्षीय भुपेन्द्र बडुवालको टीकापुरमा हत्या भएको थियो ।

हत्या आरोपमा लम्कीचुहा नगरपालिका–३ चिसापानी बस्ने २४ वर्षीय महेश रावल, २० वर्षीय आर्यन देवकोटा, २० वर्षीय धिरज शाही, लम्कीचुहा नगरपालिका–१ बस्ने २२ वर्षीय कपिल श्रेष्ठ तथा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर टीकापुर नगरपालिका–१ बस्ने २३ वर्षीय प्रवीन रिमाल, टीकापुर नगरपालिका–१ बस्ने २१ वर्षीय रोहित आले र सोही ठाउँ बस्ने २६ वर्षीय सोहन शाहलाई प्रहरीले पक्राउ गरेको छ ।

अन्य ३ जना फरार छन् । होटल संगम चिसापानीका सञ्चालक नवीन रावलको योजनामा खुकुरी प्रहार गरेर उनको हत्या भएको प्रहरीको दाबी छ । उनी फरार छन् ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button