पल शाह प्रकरण: नवलपुरमा मुद्दाको पेसी आज

बलात्कारको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको जबरजस्ती करणी विरुद्धको मुद्दाको पेसी आज तोकिएको छ।

नवलपुर जिल्ला अदालतले आजका लागि तथा तनहुँ जिल्ला अदालतले १५ भदौका गतेका लागि पेशी तोकेको हो।

पल बलात्कार अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा रहेका छन्। आज पेशी तोकिएसँगै तनहुँ अदालतबाट शाहलाई बिना धरौटी छाड्ने, धरौटीमा छोड्ने वा थुनामै राख्ने भन्ने बारे फैसला आउन सक्नेछ।  

गत ११ फागुनमा नाबालिग माथि पटक पटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो। त्यसको ४ दिन पछि अभिनेता शाहले १५ फागुनमा जिल्ला प्रहरी कार्यालय, तनहुँमा आत्मसमर्पण गरेका थिए। त्यसपछि शाह तनहुँ जिल्ला प्रहरी कार्यालयमा थुनामा छन।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button