धर्तिपुत्रको सम्मान नभएको सुर्खेतका श्याम चौधरीको गुनासो र अपिल

धर्तिपुत्रको सम्मान नभएको सुर्खेतका थारू चौधरी धर्तिपुत्रहरूको व्यापक जन गुनासो ?

धर्तिपुत्रको सम्मान नभएको सुर्खेतका थारू चौधरी धर्तिपुत्रहरूको व्यापक जन गुनासो ?
देशका भूमि रक्षक धर्तिपुत्रको रूपमा रहेका थारूजातिहरूले देशको राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानका सवालमा कहिल्यैपनि सम्झौता गरेनन। देशका सिमा जोगाउन भारतीय सुरक्षा बलसंग आफ्नो ज्यानको बाजि लगाएर देशको सिमा सुरक्षा भूगोलको सुरक्षा गर्ने देव नारायण चोधरीको शाहस,वीरता र राष्ट्रिय जिम्मेवारीलाई पूरा गरेको इतिहास साक्षी छ।
बिशेषतः सुर्खेत जिल्लामा ३६ बटा थारू चौधरी बस्ती गाउँ छन। झन्डै १५,०००/२०,००० ( बीस हजार) थारूजातिको बसोवास सुर्खेत जिल्लाभरी रहेको छ। विगत ३१ बर्षदेखि यी सिधासाधा थारूलाई एउटा सम्मानित रूपमा कुनैपनि पार्टीका नेतृत्वले सम्मान गरेन उल्टो दासत्वको रूपमा दास बनाएर मालिक र दासको रूपमा स्थापित गरे। दाङ ,कञ्चनपुर , कैलाली सुर्खेतमा रहेका थारूहरूलाई कमैया र कमाराको रूपमा देशका धर्तीपुत्रहरूलाई दोश्रो दर्जाको नागरिकको रूपमा स्थापित गरे। देशका पार्टीका नेतृत्वहरूले ।
विगतको समयमा नेपाली काँग्रेस र ऐमालेले यी थारू जातिको शिक्षादिक्षा ,बिकाश, समुन्नति , स्वरोजगार, राजनीतिमा अवसर दिएनन। यी थारू चौधरीहरूलाई बिशुद्ध भोट बैकको रूपमा प्रयोग गरे र आजपनि गरिरहेका छन। अब स्थानीय थरू दाजुभाइ ,दिदीबहिनी र बुबाआमा आफ्नो अधिकार र राष्ट्रिय जिम्मेवारीका साथ उठनु पर्छ र देशको स्थानीय जगको रूपमा हुन गईरहेको चुनावमा यस्ता राष्ट्रघाती पार्टीका उमेदवारलाई भोट दिनु हुदैन भन्ने मानषिकतामा स्थानीयबासिन्दा रहेको हाल आएर जानकारी प्राप्त भएको छ।
विगतको स्थानीय चुनावमा देशका युवा, समाजसेवी , कर्मठ, विज्ञ, योग्य राष्ट्रवादी युवा नेतृत्व वीरेन्द्रनगर नगरपालिका वार्ड नं. ९ बाट वार्ड सदस्यको उमेदवार श्याम चौधरी नेपाली काँग्रेस पार्टीको तर्फबाट उठनु भएको थियोे तर चुनावमा अन्तरघात गरेर श्याम लाल चौधरीलाई हराइएको थियोे। आफू बदलौ समाज र राष्ट्र आफै बदलिन्छ भन्ने मान्यता र राष्ट्रिय चेतना आजका दिनमा आएको हुदा अब वीरेन्द्रनगरपालिका वार्ड नं. ९ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उमेदवारी दिएका युवा नेता, कर्मठ नेतृत्व असल र राष्ट्रवादी नेतृत्व आदरणीय केशव गिरी ज्युलाइ अत्यधिक भोट दिएर बजयी बनाउने प्रायः निश्चित भईसकेको छ भने वीरेन्द्र नगरपालिकाका मेयरका उमेदवार मान्यवर मुकुन्द स्याम गिरी ज्यूलाई बिजयी बनाउने प्रतिबद्धता स्थानीय थारूले आफ्नो अभिमत जाहेर गरिसकेका छन। सबै धर्तीपुत्रहरूमा हाम्रो सलाम र नमन: छ।
स्मरण रहोस हाम्रोलाई होइन राम्रोलाई यो स्थानीय निर्वाचनमा सुर्खेत जिल्ला भर नै रहेका राष्ट्रवादी नेतृत्वहरूलाई बिशेषतः राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेदवारहरूलाई हलो चिन्हमा मतदानगरी राष्ट्रिय धर्म निर्वाह गर्न हार्दिक अनुरोध र अपिल गर्दछौं। अनुरोध कर्ता युवा नेता श्याम चौधरी ।जय जननी। जय मातृभूमि नेपाल । जय राष्ट्रवाद।
तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button