डेढ वर्षपछि भारतीय सवारीसाधनका लागि गड्डाचौकी नाका खुला

कञ्चनपुर : झण्डै डेढ वर्षपछि भारतीय नम्बर प्लेटका सवारीसाधनका लागि जिल्लाको गड्डाचौकी नाका खुला गरिएको छ । कोरोना संक्रमण नियन्त्रण गर्न स्थानीय प्रशासनले विगत २० महिनादेखि गड्डाचौकी नाकाबाट भारतीय नम्बर प्लेटका निजी गाडीलाई नेपाल प्रवेशमा रोक लगाएको थियो ।

कोरोना संक्रमणमा कमी आएसँगै बुधबारदेखि भारतीय नम्बर प्लेटका सवारीसाधनले भन्सार सुविधा लिएर नेपाल प्रवेश पाएका छन् । यसअघि नेपाल प्रवेश गर्ने भारतीय नागरिकले पीसीआर वा खोपको मात्रा पूरा लगाएको कार्ड देखाउनुपथ्र्यो । भारतीय नम्बर प्लेटका मालबाहक सवारीसाधनलाई मात्रै नेपाल प्रवेश गर्न पाइने व्यवस्था मिलाइएको थियो ।

अन्य नाकाहरूमा भारतीय नागरिक र सवारीसाधन निर्वाध रूपमा आवतजावत गरिरहेकाले गड्डाचौकीमा पनि नाका खुला गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले बताउनुभयो ।नेपाल आउने भारतीय नागरिकले खोपको मात्रा पूरा लगाएको कार्ड भने देखाउनुपर्नेछ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button