आज नेपाल र अमेरिका भिड्दै

काठमाडौं : आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। खेल दिउँसो सवा ४ बजे अल अमिरात क्रिकेट मैदान ओमानमा हुनेछ।

अमेरिकाविरुद्ध मैदान उत्रिँदा नेपाल जितको खोजीमा हुनेछ। पहिलो भेटमा अमेरिकालाई हराएको नेपाल उच्च मनोबलमा रहेको छ।

सोमबार भएको सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा भने घरेलु टिम ओमानविरुद्ध नेपाल ५ विकेटले नै पराजित भएको थियो। यस्तै‚ अमेरिकाले गए राति भएको खेलमा ओमानसँग ४ विकेटको हार व्यहोरेको छ।

लिग–२ मा नेपाल ६ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ। अमेरिका १४ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ भने ओमान १२ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button