ओमानले नेपाललाई ५ विकेटले हरायो

काठमाडौं: ओमानले विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय एक दिवसीय अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो दिन नेपाललाई ५ विकेटले पराजित गरेको छ।

मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा भएको खेलमा ओमानले ३१.१ ओभरमा ५ विकेटको क्षतिमा १ सय ९७ रनको लक्ष्य पूरा गर्‍यो। टस जितेर ब्याटिङ रोजेको नेपालले ४७.४ ओभरमा सबै विकेट गुमाएर १ सय ९६ रनको योगफल खडा गरेको थियो।

ओमानका लागि जतिन्दरले शानदार इनिङ खेले। ओमानका लागि ६२ बलको सामना गरेका उनले १२ चौका र ६ छक्का प्रहार गर्दै १०७ रन जोडे। यस्तै‚ महम्मद नदिमले ३८, सुरज कुमारले २० तथा आयान खानले १८ रनको योगदान गरे।

बलिङमा नेपालका लागि कुशल मल्लले १० ओभरमा ३८ रन खर्चेर २ विकेट लिए। यस्तै २ विकेट लिएका करण केसीले ५ ओभरमा ५२ रन खर्चिए। सुशन भारीले १० ओभरमा १ मेडन राख्दै ४० रन खर्चेर १ विकेट लिए। फिल्डिङका क्रममा घाइते भएकाले स्पीनर सन्दीप लामिछानेले बलिङ गरेनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button