दैलेखमा एक युवक बलात्कारको आरोपमा पक्राउ

काठमाडौं ।बालिका बलात्कारको आरोपमा दैलेखमा एक युवक पक्राउ परेका छन । गुराँस गाँउपालिकाकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा २० वर्षीय राजन विक पक्राउ परेका हुन् ।

घरमा कोही नभएको अवस्थामा बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सूचनाको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी अनुपम श्रेष्ठले जानकारी दिए ।

डीएसपी श्रेष्ठका अनुसार स्थानीय एक व्यक्तिले उक्त घटनाबारे प्रहरीलाई खबर गरेलगत्तै खटिएको प्रहरी टोलीले विकलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका युवकलाई अदालतबाट म्याद थपको अनुमति लिएर थप अनुसन्धान प्रक्रिया थालिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
1

सम्बन्धित समाचार

Back to top button