गाउँपालिका प्रमुख धरानको होटलमा किशोरीसँग रंगेहात पक्राउ, प्रहरीले लिएर गएपछि घटनाले लियो यस्तो मोड

जनप्रतिनिधिका अनैक काण्ड बाहिरिने गर्छन् । त्यसपध्ये चर्चित काण्ड भ्रोकाहाका गाउँपालिका प्रमुखको पनि एक हो । किशोरीमाथि अनैतिक काम गरेको अभियोग लागेका भोक्राहा नरसिंह गाउँपालिका प्रमुख महेन्द्रप्रसाद यादवलाई पूर्पक्षको लागि थुनामा पठाइएको छ ।

जिल्ला अदालत सुनसरीले अध्यक्ष यादव उपरको मु द्दामा पूर्पक्षको लागि थुनामा पठाउने आदेश गरेको हो । जिल्ला न्यायाधीश टिकेन्द्र दाहालको इजलासले यादवलाई पूर्पक्षको लागि झुम्का कारागार पठाउने आदेश सुनाएको श्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले जानकारी दिएका छन् ।

श्रेस्तेदार पोखरेलका अनुसार उनलाई किशोरीले दिएको बयाना आधारित रहेर प्रचलित कानुन बमोजिम मु द्दा दर्ता भई लिइएको बयान र थु न छे क बहस पश्चात अदालतले यादवलाई पूर्पक्षका लागि झुम्का कारागार पठाउने आदेश गरेको हो ।

भोक्राहाका अध्यक्ष यादव बैशाख ८ गते धरान भेडेटार लाइनको डुकु होटल एण्ड लजबाट किशोरी सहित रंगेहात पक्राउ परेका थिए । पक्राउ परे लगत्तै किशोरी पक्षले यादव विरुद्ध अनैतिक कार्य गरेको आरोपमा जाहेरी दिएको थियो । किशोरी स्वयंले समेत आफुमाथि यादवले त्यस्तो गरेको बयान दिएकी थिइन् ।

किटानी जाहेरी पश्चात इलाका प्रहरी कार्यालय धरानले अदालतबाट म्याद थप गर्दै घटनाको अनुसन्धान पुरा गरेको थियो । २४ दिने अनुसन्धान अवधि पुरा गरी प्रहरीले मिसिल जिल्ला सरकारी वकिल कार्यालय इनरुवामा बुझाएको थियो ।

सोही मिसिलका आधारमा अभियोग पत्र तयार पारी सरकारी वकिलको कार्यालयले अदालतमा यादव विरुद्धको मु द्दा दर्ता गराएको थियो ।

यो पनि,,,,,नेपालमा कोरोनाको झन खतरनाक भाइरस पत्ता लाग्यो

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट पत्ता लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक अपील जारी गर्दै उक्त कुराको जानकारी गराएको हो ।

देशका विभिन्न भागबाट गत हप्ता संकलित ३५ नमुनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा जिन सिक्वन्सिङ गरी आज प्राप्त नतिजा अनुसार ९७ प्रतिशतमा ९३४ वटामा बी १६१७२ नयाँ भेरियन्ट र ३ प्रतिशतमा बी १६१७१ भेरियन्ट पुष्टि भएकाे मन्त्रालयले जानकारी दिएको छ ।

यससंगै हालसम्म नेपालमा यो परिवर्तित भाईरस सहित तीन किसिमका भेरियन्ट रहेको पुष्टि भएको मन्त्रालयले बताएको छ । विश्व स्वास्थ्य संगठनले २०२१ मे १० मा यो नयाँ भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनी घोषणा समेत गरिसकेको मन्त्रालयले जारी गरेको अपीलमा उल्लेख छ ।

भारतमा भेटिएका ‘डबल’ र ‘ट्रिपल म्युटेन्ट’ कोरोना भाइरसको प्रकार नेपालमा फेला परेको हो। भारतमा यी नामले चिनिएका यी भाइरसलाई भेरियन्ट B.1.617.2 र B.1.617.1 नामाकरण गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेलले जानकारी दिए।

थप भेटिएका दुई नयाँसहित नेपालमा तीन किसिमका नयाँ भेरियन्ट पुष्टि भएको उनले बताए। ‘३५ वटा नमूनामा ९७ प्रतिशतमा B.1.617.2 र तीन प्रतिशतमा B.1.617.1 भेरियन्ट पुष्टि भएको छ,’ उनले भने।

हाल पत्ता लागेको नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनबाट पाइएको मन्त्रालयको भनाई छ । मन्त्रालयले संक्रमण रोक्न सबै सचेत र जिम्मेवारी वनी जनस्वास्थ्यका मापदण्ड पाल्ना गर्न सवैलाई अनुरोध गरेको छ ।

समाचार बाहिरिनु भन्दा अघिनै नेपालमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर चलिरहँदा विज्ञहरुले तेस्रो लहर पनि चल्ने भन्दै तयारी थाल्न सुुझाव दिइरहेका थिए ।

कोरोना संक्रमणको पहिलो लहर सकिएपछि दोस्रोको तयारी नगर्न अहिले क्षति व्यहोर्नुपरेको भन्दै विज्ञहरुले सम्भावित तेस्रो लहरसँग सामना गर्न तयारी थाल्नुपर्नेमा जोड दिएका छन् ।

कोरोनाभाइरस चाँडचाँडै स्वरुप परिवर्तन गरिरहेको भन्दै उनले नेपालमा पनि तेस्रो लहर चाँडै सुरु हुन सक्ने चेतावनी दिएका थिए । भारतलगायत विश्वभरकै तथ्यांकलाई आधारमा मानेर विज्ञहरुले नेपालमा अक्टोबर÷नोभेम्बरमा कोरोनाको तेस्रो लहर आउने दाबी गरेका थिए तर आज नै नेपालमा नयाँ भेरियन्ट पत्ता लागेको छ ।

पहिलो लहरमा जेष्ठ नागरिक प्रभावित भएका र अहिले चलिरहेको दोस्रो लहरमा १८ देखि ४० वर्ष समूहका बढी प्रभावित भएको भन्दै विज्ञहरुले अब तेस्रो लहरमा खोप नलगाएका व्यक्ति र बालबालिका उच्च जोखिममा पर्ने चेतावनी दिएका छन् ।

पहिलो लहरमा संक्रमितमध्ये बालबालिका २ प्रतिशतभन्दा कम र दोस्रो लहरमा १० प्रतिशत बालबालिका संक्रमित भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार तेस्रो लहरमा बालबालिकासहित खोप नलगाएकाहरू बढी जोखिममा पर्न सक्नेछन् ।

यता विज्ञहरुले भने सबै व्यक्तिलाई खोप लगाउन सकिने बालबालिकालाई जोगाउन सकिने पनि सुुझाव दिएका छन् । उनीहरुका अनुसार मुलुकभर कम्तिमा ४० देखि ६० प्रतिशतलाई दुवै डोज कोरोनाविरुद्धको खोप लगाउन सकिएमा बालबालिकालाई जोगाउन सकिने छ ।

तर, पहिलो डोज लगाएका लाखौं दोस्रो डोजको पर्खाइमा रहेका बेला अक्टोबरसम्ममा ६० प्रतिशत नागरिकलाई दुवै डोजको खोप लगाउने सम्भावना निकै कम देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button