टिकापुर अस्पताललाई समाजसेवी शोभा बिष्ट द्वारा ५०,०००/- सहयोग,को हुन शोभा बिष्ट ?

काठमाडौं । टिकापुर अस्पताललाई समाजसेवी शोभा बिष्टले ५०,०००/- सहयोग गरेकी छिन।

काठमाडौंमा जन्मिएकी शोभा बिष्ट आफ्नो बाल्यकाल कैलालीको टिकापुर स्थित रहेर हुर्किएकी हुन,हाल अमेरिकाको क्यलिफोर्नियामा रहदै आएकी बिष्ट समाजसेवामा एक उदाहरणीय बन्दै आएकी छिन।

कोरोना महामारीले आफ्नो जन्मभुमि रोएको बेला सबैले आफ्नो आफ्नो ठाँउ बाट सकेको सहयोगमा जुट्नुपर्छ भन्ने भावना बोकेकी बिष्टले कोरोना संक्रमणको कारण कसैले ज्यान गुमाउनु नपरोस् भनी अक्सिजन सिलिन्डर ब्यबस्थापनको लागी कैलालीको टिकापुर अस्पताललाई रु ५०,०००/- सहयोग गरेकी छिन । उनले यस अधि पनि बारा र पर्सामा आएको हावा हुरि बाट घर बाहार बिहिन भएका दुखी गरिबको बास गाँसको लागी सहयोग गरेकी थिइन।

यो माहामारीको घडीमा जो जहाँ भएपनि आफ्नो जन्मभुमिलाई यो भीषण परिस्थिति बाट बचाउनु हाम्रो कर्तव्य हो तेसैले सबै एक जुट भएर सकेको सहयोग गरौं भनी अपिल समेत गरेकी छिन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
4
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button