
जहाँ २० रुपैयामा पेटभरी स्वस्थ्य खाना पाइन्छ, सिडिओले समेत खान्छन् खाना
कोरोना महामारी फैलिएका मुख्य शहरहरुमा अहिले स्थानिय सरकारले निषेधाज्ञा लागू गरेको छ । निषेधाज्ञाका कारण होटल रेष्टुरेष्ट बन्द छन् । जसका कारण अस्पतालमा उपचारका लागि आफन्त ल्याएकाहरुले खाना समेत खान पाएका छैनन् ।

यस्तो अवस्थामा बाँकेको नेपालगन्जमा भने अस्पालका विरामी र आफन्तहरुले २० रुपैयामै स्वास्थ्यवर्दक खाना खान पाइरहेका छन् ।

पश्चिम नेपालकै एक प्रमुख व्यापारिक केन्द्र नेपालगञ्ज भारतीय सिमानाको वजार हो । त्यहाँ हजारौं मानिस भारतवाट फर्कन्छन् । उनीहरुको ब्यवस्थापनका लागि पनि स्थानिय तहलाई समस्या छ ।
मानिसहरूले एक छाक खाना पनि नपाउने अवस्था देखेपछि नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणाले स्थानीय ‘हनुमान भजन मण्डली’को टिमसँग सल्लाह गरे। उपमहानगरपालिकाको कार्यालयनजिकै हनुमान गढी मन्दिर छ। त्यहाँ भण्डरा टिम थियो। ‘अञ्जली माता’को नाममा उनीहरूले भण्डरा चलाउँथे।
मण्डलीका संरक्षक विजय गुप्तालगायतलाई भेटेर मेयर राणाले समन्वय गरेर अहिले उनीहरुका लागि २० रुपैयामा नै खाना उपलब्ध गराउने ब्यवस्था मिलाइएको छ ।
केही दिन अघि आफ्नो २० वर्षकी नर्स छोरी गुमाएका बुवा श्रीमतीको उपचारका लागि अस्पतालमा बस्दा खान पाइन भन्दै रुँदै मिडियामा आएका थिए । उनी आफै संक्रमित भएका कारण पोषिलो खानेकुरा खानुपर्ने अवस्थामा दुई दिन देखि एउटा चाउचाउको भरमा बस्नुपरेको भन्दै गुनासो गरेका थिए ।
यस्तो मार्मिक भिडियो सार्वजनिक भएपछि स्थानिय तह जागेको हो । मेयरले यस्तो अवस्था देखेपछि विजय गुप्तालाई भने( तपाईंहरू यो विपदका बेला अप्ठेरोमा परेकालाई सहुलियतमा खाना खुवाउनुस्, म उपमहानगरपालिकाको तर्फबाट मासिक सहयोग गर्छु।
मेयरको कुरा भजन मण्डलीलाई गज्जब लाग्यो। उनीहरू ‘विपदमा परेकालाई सेवा गर्नु नै सबैभन्दा ठूलो मानवीय धर्म हो’ भन्ने निष्कर्षमा पुगे। अहिले २० रुपैयामा स्वस्थ्य खाना खान पाएर विरामी कुरुवा, विरामी र अन्य अप्ठेरोमा परेकाहरु खुसी भएका छन् ।
अस्पतालले आफ्नो हाताभित्रै खाना पकाउने र खुवाउने ठाउँ उपलब्ध गराए पछि अहिले अस्पतालभित्रको उक्त ठाउँमा गएर जो कोहीले २० रुपैयाँमा पेटभरी दाल, भात, तरकारी (साकाहारी) खाना पाउँछन्।
मण्डलीले सबैका लागि खाना दिन्छ । कसैलाई पनि भेदभाव गरिदैन । अधिकांश अस्पतालका विरामी, कुरुवा र अप्ठेरोमा परेका विपन्नहरु खान पुग्ने गरेका छन् । गुप्ताका अनुसार सुरूमा अस्पतालका नर्स, डाक्टर, कर्मचारी र गार्डले मात्रै त्यहाँ खाना खान्थे।
अस्पतालभित्रै २० रुपैयाँमा खाना पाइन्छ भन्ने चर्चा केही दिनमै फैलियो। त्यसपछि मजदुरी गर्नेदेखि लकडाउनमा हातमुख जोड्न समस्या भएका नेपालगञ्जभरिका मानिस त्यहाँ खाना खान जान थालेका छन् ।
बिहान १० देखि दिउँसो १ बजेसम्म खाना खान पाइन्छ। अस्पतालमा संक्रमितको उपचारको ब्यवस्था अनुगमन गर्न पुगेकाहरुले पनि सो खाना खाने गरेका छन् । स्थानिय तहका प्रतिनिधि र प्रशासनका ब्यक्तिहरुले पनि खाना खाने गरेको मण्डली संचालकले जनाएका छन् ।
यो पनि,,,,,प्राकृतिक रुपमा नै अक्सिजन बढाउन के गर्ने ? डा. जोशीका अनुसार के खाने के नखाने ? एक पटक अबस्य पढौ
श्वासप्रश्वास तथा छाती रोग विशेषज्ञ डा. रक्षा पाण्डेका अनुसार फोक्सोको सबभन्दा गह्रौं भाग हाम्रो पछिल्तिर हुन्छ । त्यसैले उत्तानो पारेर राख्दा बिरामीलाई पर्याप्त अक्सिजन तान्न कठिन हुन्छ भने घोप्टो पार्दा अक्सिजनको प्रवाह बढ्न गई फोक्सोका विभिन्न भाग सक्रिय हुन पाउँछ ।
यस्तै गिलासको पानीको सहायताले पनि अक्सिजनको मात्रा बढाउन सकिन्छ । डा. पाण्डेका अनुसार यसका लागि सुरुमा गिलासमा पानी राख्नुपर्छ र मुखमा बाहिरको हावा भर्नुपर्छ ।
त्यसपछि गिलासको पानीमा विस्तारै मुखको हावा छोड्ने गर्दा अक्सिजनको मात्रा बढाउन सकिन्छ । यता कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका अनुसन्धान अधिकृत डा. अमितमान जोशीले वैज्ञानिक रूपमै पुष्टि भइसकेका श्वासप्रश्वास विधि घरमा आइसोलेसनमा बसेका सबैले अपनाउनुपर्ने बताउँछन्।
उनी भन्छन्, “शरीरमा अक्सिजनको मात्रा ९४ भन्दा बढी हुनुपर्छ । यसका लागि अनुलोम विलोम पनि एउटा उपाय हुन्छ । ” अनुलोम विलोममा पलेँटी कसेर मेरुदण्ड सीधा पारेर बसेपछि नाकका दुई प्वालमध्ये एकबाट हावा लिएर दोस्रोबाट छोड्नुपर्ने सुझाव उनको छ ।
प्लास्टिक झोलाको माध्यमबाट पनि श्वासप्रश्वासमा सजिलो हुन्छ । उनी भन्छन्, “प्लास्टिकको झोला फुक्ने र श्वास लिने गर्दा पनि राम्रो हुन्छ । ” कोरोना सङ्क्रमण भएपछि शरीरमा पानीको मात्रा कम हुन नहुने जानकारी दिँदै उनले पानीको मात्रा पुगे फोक्सोलाई अक्सिजन लिन सजिलो हुने वैज्ञानिक आधार रहेको बताए ।
डा. जोशीका अनुसार झोलिलो खानेकुरा धेरै खाने, टुसा उम्रिएको चनाको झोल बनाएर खाने, ज्वानोको झोल, कुरिलोको झोल, मासुको झोल बनाएर खाँदा राम्रो हुन्छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले पनि अक्सिजन आपूर्तिका लागि घोप्टो परेर सुत्न सल्लाह दिएको छ ।



