१ महिनादेखि बेपत्ता घरबेटीको छोरी फर्किईन, श्रीमानले दिने रहेछन यस्तो टचर (भिडियो हेर्नुस्)

काठमाडौ । सिन्धुलीका हरी बरालको श्रीमती भागेर धरान पुगेको अवस्थामा फेला परेकी छन् । उनी अर्कै युवकसंग गएको बताएकी छन् । सुरुमा अर्को केटासंग भागेको भएपनि आफुले गल्ती स्वीकार गरेर फर्केर आएको भएपनि श्रीमानको स्वभाव परिवर्तन नभएका कारण फेरी छोडेर हिडेको बताएकी छन् ।

श्रीमानले त्यो श्रीमतीलाई अब राख्दिन भनेर सबैलाई भनेका कारण आफु भागेर हिडेको बताएकी छन ।

आफुले पैसा भने नलगेको बताएकी छन् । अहिले भने कुनै युवकसंग नहिडेको भएपनि श्रीमानसंग भने नबस्ने बताएकी छन् । हरि बराल केही वर्ष अघि वैदेशिक रोजगारीका लागि कतार गएका थिए । काठमाडौमा पसल गरेका थिए ।

उनले श्रीमतीलाई पसलको जिम्मा दिएका थिए । तर फर्किएको केही दिन पछि भने श्रीमती हिडेको बताएका थिए । उनले घरमा हुँदा पनि श्रीमानले निकै नराम्रो ब्यवहार गर्ने र सुत्केरी भएको बेलामा पनि हेला गरेको बताइन् ।

विदेशवाट फर्किए पछि पनि उनले श्रीमती र छोरीको बारेमा सोध्नुभन्दापहिले पैसाको विल खोजेको बताइन् । नाक कानमा गहना पनि बनाइदिएका थिए त्यो कुरा ठिक हो तर मलाई एउटा हातवाट दिन तर कोखावाट निस्कने गरी बोली ब्यवहार गर्ने गरेका कारण उनीसंग बस्न नसक्ने बताएकी छन् ।

उनीहरुको विवाह दर्ता भने नभएको बताएकी छन् । उनीहरुको एउटा छोरा र एउटी छोरी रहेको पनि बताएका छन् ।

उनको श्रीमतीको नाम अनु वराल हो । उनले छोरा बुवाले राख्न चाहे लैजाउन् तर छोरी भने आफै राख्ने बताएकी छन् । अहिले उनको छोरा १३ वर्षको छ भने छोरी ३ महिनाकी छन् । अहिले छोरी लिएर श्रीमती हिँडेपछि श्रीमान खोजीको लागि मिडिया सामु आएका थिए ।

त्यस पछि अनु पनि सम्पर्कमा आएकी हुन् । उनले आफ्नो वदनाम भइसकेका कारण हरिसंग बस्न नसक्ने बताइन् । उनले पहिला त त्यस्तो ब्यवहार गर्ने श्रीमानले अब झन बाँच्नै नसक्ने अवस्था गराउने भएकाले संगै बस्न नसक्ने बताइन् ।

यो पनि,,,,काठमाडौं उपत्यकामा कोरोना संक्रमणको नयाँ रेकर्ड

काठमाडाैं उपत्यकामा एकै दिन ३ हजार ६६६ काेराेना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडाैंमा २ हजार ९२२, भक्तपुरमा २२२ र ललितपुरमा ५२२ गरी ३ हजार ६६६ काेराेना संक्रमित थपिएका हुन्।

काठमाडाैं उपत्यकामा निषेधाज्ञा जारी रहेपनि काेराेना संक्रमितकाे संख्या भने लगातार उकालाे लाग्ने क्रममा रहेकाे छ। आइतबार मात्रै काठमाडाैंमा २ हजार ७४४, भक्तपुरमा ३०१ र ललितपुरमा ५५० गरी ३५९५ काेराेना संक्रमित थपिएका थिए। याे संख्या अहिलेसम्म कै उच्च हाे।

त्यस्तै रूपन्देहीमा ६१९, बाँकेमा ४४०, मोरङमा ३६२ र कास्कीमा ३५५ जना सङ्क्रमित सोमवार थपिएका छन्। अहिले हाल १२ जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् भने थप २१ जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

थपिएका सङ्क्रमितमध्ये ६० जना भारतबाट नेपाल प्रवेश गर्ने क्रममा नाकामा गरिएको परीक्षणमा भेटिएका हुन्। सोमवार पुष्टि भएका सङ्क्रमितमध्ये १५६ जना नौ वर्षसम्मका, ४३९ जना १० देखि १९ वर्षका र ३,५५९ जना २० देखि ३९ वर्षका रहेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

कुल सङ्क्रमितमध्ये ० जना संस्थागत आइसोलेशनमा र तीमध्ये ५७८ जना आईसीयू एवम् १४२ जना भेन्टिलेटरमा उपचाररत रहेका छन्। सोमवार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीको दोस्रो लहरको रोकथाम र नियन्त्रणका लागि सरकारका सबै संयन्त्र परिचालित भएको बताए।

सङ्क्रमणको साङ्लो चुडाउन अस्पताल वा आइसोलेशन केन्द्रको व्यवस्था गरेर मात्रै नपुग्ने भन्दै उनले भने, “एक हदसम्म लकडाउन आवश्यक हुन्छ भन्ने विज्ञहरुको सल्लाह अनुसार केही अवधिको लागि निषेधाज्ञा जारी गरिएको छ।”

“यसलाई थप कडाइ गरिँदैछ र प्रभावकारी ढङगले लागु गर्न पहिलेझैँ सबैबाट सहयोग हुने अपेक्षा सरकारले राखेको छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button