शिक्षकदेखि कर्मचारीसम्म नयाँ तलबमान, कसको कति?
काठमाडौं : सरकारले कर्मचारीको नयाँ तलबमान र ग्रेड सार्वजनिक गरेको छ। साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले साउन १ गतेदेखि लागू हुनेगरी आर्थिक वर्ष २०७९/०८० को नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको थियो। सरकारले बजेट भाषण गर्दा १५ प्रतिशतले तलब वृद्धि गर्ने निर्णय गरेको थियो।
अर्थ मन्त्रालयका शाखा अधिकृत चन्द्र दहालका अनुसार सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि २०७९ साउन १ गते देखि लागु हुने गरी नयाँ तलवमान एवं ग्रेड कायम भएको छ।
प्राविधिक ग्रेडका सम्बन्धमा नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७६/१०/२७ को निर्णयानुसारको व्यवस्था बमोजिम २०५७ साल साउन १ गतेभन्दा अगाडि नियुक्ति भएका प्राविधिक कर्मचारीहरुको हकमा २०७९ साउन १ गतेवाट बृद्धि भएको तलब समावेश गरी एक दिनको तलब वरावरको १ (एक) ग्रेडको दरले हुने प्राविधिक २ (दुई) ग्रेड वापतको रकम पाउने भएका छन् ।