६ वर्षीय बालिकालाई क’रणी गरेको आरोपमा पक्राउ
एक बालिकालाई क’रणी ग’रेको आरोपमा प्रहरीले स्याङ्जाको चापाकोट नगरपालिकका–२ का ५२ वर्षीय नामदेउ कुमाललाई पक्राउ गरेको छ बाख्रा हेर्न गएकी ६ वर्षीय बालिकालाई क’रणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो
। पीडित बालिकाका आफन्तले प्रहरीलाई खबर गरेपछि अनुसन्धान अघि बढेको हो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जा प्रवक्ता एमव् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीका अनुसार अभिभावकसँग बाख्रा हेर्न गएकी वर्ष ६ बालकालाई क’रणी गरेको भन्ने जाहेरीको आधारमा पक्राउ गरेको छ।
प्रहरीले कुमाललाई पक्राउ गरी क’रणी सम्बन्धी कसूर मुद्दा दर्ता गरिएको बताएको छ । घटनाको सम्बन्धमा प्रहरीले जिल्ला अदालत स्याङ्जाबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य गरिरहेको जनाएको छ।
दोषीलाई कानूनी दायरामा ल्याउन आग्रह
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले बैतडीमा भएको भागरथी भट्टको घटना सम्बन्धमा अविलम्ब सुक्ष्म, निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन आग्रह गर्नुभएको छ ।
आयोगमा आयोजना गरिएको छलफल कार्यक्रममा कानून मन्त्रालयका सचिव ऋषिराज भण्डारी, गृह सचिव महेश्वर न्यौपाने तथा प्रहरी महानिरीक्षक शैलेश थापासँग गरिएको अन्तरक्रियामा उहाँले सो आग्रह गर्नुभएको हो ।
अध्यक्ष मगरले न्यायका लागि अनशनमा बस्नुभएकी गङ्गामाया अधिकारीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएकाले सरकारका तर्फबाट आवश्यक पहल गर्न आग्रह गर्नुभयो ।
भट्टको घटनामा निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न एवं सम्बन्धित पक्षको सुरक्षामा ध्यान दिन आयोगले यसअघि नै सरकारलाई आग्रह गरेको स्मरण गर्दै घटनामा संलग्न दोषीको शीघ्र पहिचान गरी कानूनी दायरामा ल्याउन प्रहरी महानिरीक्षकको ध्यानाकर्षण गराएको छ ।
अनशनरत गङ्गामाया अधिकारीको स्वास्थ्य अवस्था सम्बन्धमा आयोगको उच्चस्तरीय टोलीद्वारा अनुगमन नहुँदा स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको सम्बन्धमा आयोगको ध्यानाकर्षण गराउँदै आएको छ ।