
जब चार वर्षीय बालिकाको घाँटीमा यस्तो देखियो …..
काठमाडौं । कतै तपाईका साना साना नानीबाबुले सिक्का खेलाईरहेका त छैनन ? होस् गर्नुहोस है फेरी ठुलो दुर्घटना हुनसक्छ ! सिक्का मुखमा लगरे घाँ’टी’मा अ’ड्का’उन पनि सक्छन् । हो त्यस्तै घटना झापामा घटेको छ । एक बालिकाको घाँटीमा सिक्का अ’ड्कि’एपछि अ’प्रे’सन ग’रे’र त्यो सिक्का झिक्नु परेको छ ।

झापा कचनकवल–४ की चार वर्षीया नन्दनी सिंहको घाँटीमा भारतीय ५० पैसाको सिक्का पसेको थियो । अभिभावकले हतारहतार विराटनगरको नोबेल अस्पताल उपचारका लागि लगेपनि परिक्षण गर्न भनेर एक दिन राखेर भोलिपल्ट अन्यत्र रेफर दिएको जनाइएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेका परिवारले त्यहाँको आन्दोलन देखेर बालिकालाई घरमा नै ल्याएका थिए ।

यो विषय सार्वजनिक भएपछि बालिकालाई भद्रपुरस्थित ओमसाई हस्पिटलका चिकित्सकहरूको टिमले अ’प्रेस’न ग’ र्ने भएपछि अभिभावकले ओमसाई हस्पिटलमा ल्याएको र तत्काल अ’प्रेस’न पछी निकालिएको ईएनटी सर्जन डा. निरज रौनियारले जानकारी दिनु भएको छ ।
यो झि’क्ने प्रक्रियालाई ‘रीजीड ईसो फेगोस्कोपी एन्ड क्वाईन रीमूभ’ भनिने पनि जनाइएको छ । सिक्का निलेको तीन दिनपछि मात्र बालिका यहाँ अस्पतालमा आएको र सिक्का धेरै नै भित्र पसिसकेको अवस्था रहेको पनि उहाँले जानकारी दिनु भयो । अस्पताल ल्याउनसाथ हामीले अ’प्रेस’न गरेका थियौं र सफलता पूर्वक निकाल्न सफल भयौ, उहाँले भन्नुभयो ।
केही ढिला भएको भए निक्कै नै समस्या हुने अवस्था रहने थियो, उहाँको भनाइ छ । बालिकालाई यस्तो भएको तीन दिनपछि मात्र अस्पताल पुर्याईएको थियो । बालिकालाई शनिबार नै यस्तो भएको थियो । सोमबार अप्रेसन गरेर सिक्का निकलेर बालिकाको डिस्चार्ज गरिएको ओमसाई पाथिभरा हस्पिटलले बताएको छ ।