
संखुवासभा सामूहिक हत्याकाण्डः लोकबहादुरका भाइलाई खाँदबारी ल्याइयो
संखुवासभाको सामूहिक हत्यामा संलग्न मादी नगरपालिका–१ स्थित उम्लिङका २५ वर्षीय लोकबहादुरका भाइ नरेश कार्कीलाई सोधपुछका लागि सदरमुकाम खाँदबारी ल्याइएको छ ।

६ जनाको सामूहिक हत्यामा मृत्यु भएका ६ जनामध्ये रञ्जना कार्कीको हराएको मोबाइल आरोपित कार्कीका भाइको साथमा भेटिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धनका लागि सदरमुकमा खाँदबारी पुर्याएको छ ।

हत्या भएकी ३२ वर्षीया बुहारी रञ्जनाको मोबाइल लोकबहादुरका भाइ नरेश कार्कीको साथमा भेटिएपछि सोधपुछका लागि सदरमुकाम खाँदबारी ल्याएको प्रहरीले जनाएको छ ।
हत्या गरिएकी ३२ वर्षीय बुहारी रञ्जना कार्कीको मोबाइल हराएको थियो । मोबाइल बरामदपछि प्रहरीले नरेशलाई बिहीबारदेखि नै नियन्त्रणमा राखेर सोधपुछ गरिररहेको छ ।
प्रहरीले हत्यापछि रञ्जनाको मोबाइल नरेशले कसरी भेट्टाए भन्ने विषयमा अनुसन्धान गरिरहेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले जानकारी दिए । हत्यापछि उक्त मोबाइल लोकबहादुरले घरमा लुकाएको र नरेशले भेटेर चलाएको वा नरेश आफैंले लगे भन्ने खुल्न बाँकी नै रहेको छ ।
भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की,आमा पार्वती कार्की,श्रीमती कमला,बुहारी ३२ वर्षीया रञ्जना कार्की,८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।
घटनामा संलग्न रहेको अभियोगमा लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरि भदौ २७ गते सार्वजनिक गरिसकेको छ । कार्कीले चिर्पट प्रहार गरेर तेजबहादुरको हत्या गरेको र त्यसक्रममा घरका अन्य सदस्यले देखेपछि सबैलाई हत्या गरेको प्रहरीसामु स्वीकार गरिसकेका छन्। घटनाबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।