
संखुवासभा प्रकरणमा नयाँ मोड, अर्का ब्यक्ति पनि पक्राउ परे
काठमाडौं । संखुवासभा प्रकरणमा थप एक जना पक्राउ परेका छन् । यसअघि मुख्य आ’रोपीका रुपमा सार्वजनिक गरिएका २५ वर्षीय लोकबहादुरका भाइ नरेशलाई पनि नि’यन्त्र’णमा लिइएको हो । लोकबहादुरका भाइ नरेश कार्कीमाथि सोधपुछ भइरहेको सङ्खुवासभाका डिएसपी लालध्वज सुवेदीले बताए । ‘नरेशलाई सोधपुछ गर्दै छौँ’ डिएसपी सुवेदीले भने–‘अनुसन्धानबाट थप नयाँ तथ्य खुलेको छ ।’

लोकबहादुरले ६ जनाको ह’ ‘त्या गर्दा उनी पनि घटनास्थल आसपासमै रहेको हुनसक्ने प्रहरी अनुमान छ । घटनापछि उनले मोबाइल चो’रेर लगेको हुनसक्ने प्रहरी स्रोत बताउँछ । बिसीका अनुसार घटनामा ज्या’न गुमाउने मध्ये एक जनाको मोबाइल लोकबहादुरको घरबाट ब’रा’मद भएको छ र नरेशले मोबाइल लुकाएको हुनसक्ने प्रहरीको आ’शंका छ ।

भदौ २१ गते सङ्खुवासभाको मादी नगरपालिका–१, उम्लिङमा एकै परिवारका ६ जनाको घटना भएको र घटनामा कुनै गि’रोहको सं’ल’ग्न’ता हुनसक्ने भन्दै प्रहरी महानिरीक्षककै जोडबलमा जिल्ला प्रहरी कार्यालय, प्रदेश नम्बर १ प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोली परिचालन गरेर अनुसन्धान अगाडि बढाएको थियो ।
सुरुमा चोरीको उद्देश्य वा आर्थिक कारणबाट घटना भएको हो कि भनी प्रहरीले त्यसतर्फबाट अनुसन्धानको सुरुवात गर्यो । तर, घटनापछि महिलाहरूको शरीरमा भएको सुन न’लुटिएको, घरमा भएको सुन र नगद पनि यथा अवस्थामै रहेका कारण लु’ट’पा’ट’को उद्देश्यबाट घटना नभएको प्रहरीले निष्कर्ष निकाल्यो ।
तेजबहादुरसँग रिसिइबी, झै’झ’ग’डा, साँध–सि’माना वि’वाद, लेनदेन, झापामा किन्न लागिएको जग्गा आदिको सम्बन्ध केलाउँदै प्रहरी अनुसन्धानमा अगाडि बढ्यो । तर, बाहिरबाट मान्छे आएर यस्तो गर्नसक्ने आधार र आएकोबारे केही जानकारी नभएपछि प्रहरीले स्थानीय चार व्यक्तिलाई श’ङ्कितको सूचीमा राखेर अनुसन्धान गर्न थाल्यो ।
चारजनामध्ये एक लेनदेनसँग सम्बन्धित व्यक्ति थिए, अर्का सिमाना जोडिएका र बाँस का’टेको निहुँमा तेजबहादुरसँग झ’ग’डा गरेका व्यक्ति थिए । त्यसै गरी अर्का व्यक्ति स्थानीय थिए, जो तेजबहादुरसँग झ’ग’डा गरी तेजबहादुरलाई मा’ र्ने ध ‘म्की दिएका व्यक्ति थिए । र, चौथो व्यक्तिचाहिँ तेजबहादुरकै भतिजा पर्ने लोकबहादुर कार्की थिए ।
लोकबहादुर यसकारण पनि प्रहरीको श’ङ्कि;तमा सबैभन्दा अगाडि थिए कि तेजबहादुरलाई पहिलो पटक प्र’हा’र भएको स्थानभन्दा ठीक २५ मिटरको दुरीमा लोकबहादुर कार्कीको घर थियो । तेजबहादुर हिँडेको बाटोबाट लोकबहादुरको मात्रै घर जान सकिन्थ्यो र उक्त बाटो नियमित बाटो पनि थिएन । तेजबहादुरको घरभन्दा ८० मिटरको दुरीमा खोल्सी थियो र त्यहाँ क’राउँदा पनि अरूले सुन्ने सम्भावना ज्यादै कम थियो । त्यसकारण उक्त अ’परा’धमा लोकबहादुरको सं’ल’ग्नता हुन सक्ने सम्भावना अन्यभन्दा बढी थियो । सोही आधारमा चारजनालाई नै श’ङ्कि’तमा राख्दै गरिएको अनुसन्धानमा अन्यको सं’ल’ग्न’ता बिस्तारै ह’ट्दै गयो र श’ङ्कि’तको सूचीमा लोकबहादुर कार्की एक्लै रहे ।
प्रहरीले भदौ २४ गतेदेखि प्रत्येक दिन लोकबहादुरसँग कुराकानी गर्न थाल्यो । तर, लोकबहादुर कार्कीले आफ्नो सं’ल’ग्नता अस्वीकार गरिरहे । प्रहरीसँग कुराकानी गर्दा लोकबहादुर कत्ति पनि आ’त्तिए’का थिएनन् । उनी बढो कन्फिडेन्सका साथ घटनाबारे प्रहरीलाई जानकारी गराइरहेका थिए । अझ घटना लु’ट’पा’टकै उद्देश्यबाट कसैले गराएको उनी प्रहरीलाई बताइरहेका थिए । को हुन सक्छ भन्ने सम्बन्धमा भने उनले अनभिज्ञता जनाइरहेका थिए । तर अन्ततः उनै लोकबहादुर नै घट्नाका दोषी ठहर गर्दै पक्राउ परे ।
भूकम्पपछिको पुनःनिर्माणका बाँकी काम सम्बन्धित मन्त्रालयलाई हस्तान्तरण
भूकम्पपछिको पुनःनिर्माणका बाँकी काम सम्बन्धित मन्त्रालय एवं विभागलाई हस्तान्तरण सुरु भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिको यही भदौ ९ गतेको निर्णयानुसार हस्तान्तरण आजदेखि सुरु भएको हो ।
प्राधिकरणमा आज आयोजित कार्यक्रममा निजी आवास तथा बस्ती विकासतर्फको वित्तीय एवं प्राविधिक व्यवस्थापनसहितका पुनःनिर्माणसम्बन्धी बाँकी काम सहरी विकास मन्त्रालय र सहरी विकास तथा भवन निर्माण विभागलाई हस्तान्तरण गरिएको छ । सरकारी एवं सार्वजनिक भवन, स्वास्थ्य संस्था र केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन)मार्फत सञ्चालित सम्पदा एवं गुम्बाको पुनःनिर्माणसम्बन्धी काम पनि सहरी विकास मन्त्रालय मातहत नै हस्तान्तरण भएको छ ।
शैक्षिक संस्थाको पुनःनिर्माणसम्बन्धी काम शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले गर्ने गरी जिम्मेवारी दिइएको छ । पुरातात्विक सम्पदा (निर्माण सुरु नभएका १०० वर्षभन्दा पुराना गुम्बासमेत) को पुनःनिर्माण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पुरातत्व विभागबाट हुने गरी हस्तान्तरणको तयारी छ । सडक तथा पुल एवं केही गुम्बाको काम पनि गुम्बा व्यवस्थापन समितिको समन्वयमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय÷स्थानीय पूर्वाधार विभागबाट हुने गरी हस्तान्तरण भएको छ ।
हस्तान्तरण गर्न आज आयोजित कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले हस्तान्तरण भएका पुनःनिर्माणका बाँकी काम सम्बन्धित निकायले निष्कर्षमा पु¥याउने बताउनुभयो । सम्बन्धित कार्यालयलाई समग्र संरचना नै हस्तान्तरण गरिएको उहाँले सुनाउनुभयो । हस्तान्तरणपछि सम्बन्धित निकायलाई सबल बनाउन पनि प्राधिकरणले काम गर्ने छ । हस्तान्तरण भएका कार्यक्रमको कानूनी र नीतिगत आधार पनि प्राधिकरणले नै उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
धरहरा र सिंहदरबार पुनःनिर्माणको काम भने आगामी पुस ९ गतेसम्ममा प्राधिकरणले सक्ने भएको छ । भूकम्पपछिको पुनःनिर्माणका क्रममा विकास भएको सुरक्षित घरको प्रविधि पनि जनतामा हस्तान्तरण भएको छ । निजी आवास पुनःनिर्माणका क्रममा २५० अर्ब जनतामा बैंकिङ प्रणालीमार्फत गएको छ ।
प्राधिकरणका सचिव सुशीलचन्द्र तिवारीले पुनःनिर्माणका अधिकांश काम सकिएको बताउनुभयो । भूकम्पपछिको पुनःनिर्माणसम्बन्धी ऐनले तोकेको समय आगामी पुस ९ गते सकिने भएकाले बाँकी काम सम्बन्धित मन्त्रालय र विभागलाई हस्तान्तरण गरिएको उहाँको भनाइ थियो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालले स्थानीय पूर्वाधार विभागलाई सुम्पिएको काम समयमै सक्ने प्रतिबद्धता जनाउँदै जनशक्ति एउटा मन्त्रालय र काम अर्को मन्त्रालयमा नपार्न प्राधिकरणको ध्यानाकर्षण गराउनुभयो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले शैक्षिक संस्थाको पुनःनिर्माण समय सक्ने गरी काम अघि बढाउन प्रतिबद्धता जनाउनुभयो ।
सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेलले निजी आवास पुनःनिर्माण प्राथमिकताका आधारमा आगामी मङ्सिरसम्म सम्पन्न गर्ने गरी तयारी भएको बताउनुभयो । ऐनले तोकेअनुसार प्राधिकरणको कार्यकाल आगामी पुस ९ गते सकिँदै छ । भूकम्पपछिको पुनःनिर्माणका क्रममा भएका उपलब्धिका बारेमा आगामी मङ्सिर २१ गतेदेखि अन्तर्राष्ट्रियस्तरको सम्मेलन गर्ने प्राधिकरणको तयारी छ ।
सम्मेलनमा पुनःनिर्माणका क्रममा सिकेका कुरा, भएका उपलब्धिलगायत विषयमा कार्यपत्र प्रस्तुतिको तयारी भइरहेको छ । सहरी क्षेत्र विशेषगरी काठमाडौँ उपत्यकाको निजी आवास र पुरातात्विक महत्वका सम्पदा पुनःनिर्माणमा ढिलाइ भएको गुनासो सरोकार भएकाको छ ।