को हुन् यी युवती जसले माध्यामिक विद्यालयमा पढाउने शिक्षकको ज्यान लिईन ? श्रीमती नभएको बेला छिमेकी महिलाले जे गरिन …..

काठमाडौ । दैलेखको गुराँस गाउँपालिका–८ स्थित मालिका मावि छोटेपोखरामा कार्यरत शिक्षक ४२ वर्षीय नगेन्द्रबहादुर बिसीको मंगलवार विहान श व फेला परेको थियो । प्रहरीले घटनामा संलग्न भएको अभियोगमा उनकै छिमेकी महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी अनुपम श्रेष्ठका अनुसार छिमेकी २५ वर्षीया मुना रानालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

प्रहरी अनुसन्धानवाट छोटेपोखरास्थित घटनास्थलको पश्चिमपट्टी ३० मिटरको दूरीमा बसोबास गर्दै आएकी स्थानीय डम्बर खड्काको पत्नी मुना राना घटनामा संलग्न देखिएपछि प्रहरीले पक्राउ गरेको हो । मुनाले सोमबार राती साढे १ बजे घटना गराएको प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

‘शिक्षकको श व मंगलवार विहान हेर्न नसकिने अवस्थामा फेला परेको थियो । मुनाले घटना स्वीकार गरेको प्रहरीको भनाई छ । प्रहरीले मुनाको कोठाबाट केही प्रमाण समेत फेला पारेको जनाएको छ।

शिक्षक बिसी मंगलबार बिहान ७ बजे मालिका मावि छोटेपोखराको टिनको छानो भएको विज्ञान प्रयोगशाला अगाडिको बरण्डामा श व फेला परेको थियो । घटनाको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक ईन्द्रजित सुनारको कमाण्डमा सोको अफिसर सहित प्रहरी चौकी लाँलीकाँडाको प्रहरी टोली परिचालन गरिएको थियो।

प्रहरीले घटनास्थलबाट बिसीको मोबाइल, चप्पल बरामद गरेको थियो। प्रहरी निरिक्षक इन्द्रजित सुनारका अनुसार घटनामा संलग्न रहेको हुन सक्ने भन्दै शंकास्पद् १० जनालाई मंगलबार नै पक्राउ गरेको थियो । ति मध्य मुना घटनामा संलग्न भएको देखिएको हो ।

बिसी विगत १३ वर्षदेखि राहत शिक्षकको रुपमा मालिका माविमा कार्यरत थिए। उनी सोही विद्यालयका पूर्व विद्यार्थी समेत हुन्। बिसीका श्रीमती र दुई छोरा छन्। १९ वर्षीया सुनिल बिसी र १७ वर्षीय अंकित बिसी अध्ययनका लागि बाँकेको नेपालगञ्जमा बस्दै आएका पारिवारिक स्रोतले जनाएको छ। घटना भएको दिन शिक्षक बिसीकी पत्नी दैलेख सदरमुकाम आएकी थिइन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button