दिनभरी पढाएकै स्कूलमा राती कसले लियो शिक्षकको ज्यान ? पक्राउ परेकालाई सार्वजनिक गर्दै प्रहरी

दैलेखमा एक जना शिक्षकको श व फेला परेको छ । उनको शव घाँ टी रे टे को अवस्थामा फेला परेको हो । दैलेखको गुराँस गाउँपालिकाको मालिका माध्यामिक विद्यालयका शिक्षक नगेन्द्र बीसीको श व फेला परेको हो। प्रहरीले घटनामा संलग्न भएको अभियोगमा दुई जनालाई सार्वजनिक गर्ने जनाएको छ । १० भन्दा बढी पक्राउ गरेकोमा अनुसन्धानका क्रममा दुई जनाको संलग्नता देखिएको प्रमाण फेला परेपछि प्रहरी सार्वजनिक गर्ने निर्णयमा पुगेको हो ।

दैलेख प्रहरीका अनुसार शिक्षक बीसीलाई सोमवार राती घटना गराएको अवस्थामा श व मंगलवार विद्यालय हाताभित्रै भेटिएको हो। घटनास्थलमा प्रहरी पुगेको छ, घटना कसले र किन गरायो भन्ने विषयमा प्रारम्भीक अनुसन्धान अघि बढाएका छौं’ डीएसपी अनुपम श्रेष्ठले भने। स्थानीयले शिक्षक बीसीको श व देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले घटनामा संलग्न भएको आंशकामा दुई जनालाई नियन्त्रणमा लिएको छ। यद्यपि, उनीहरुको विवरण सार्वजनिक गरिएको छैन। घटनाको विस्तृत अनुसन्धानपछि मात्रै थप कारण खुल्ने प्रहरीले जनाएको छ।

शिक्षक बिसी घटना भएको दिन सोमवार पनि विद्यालय गएका थिए । तर श्रीमती सदरमुकाम गएका कारण घरको काम गर्न भन्दै उनी छिटै विद्यालयवाट फर्किएका थिए । दिनभर बाख्रा चराउनेलगायतको घरकै काममा रहेका बिसी आफ्ना लागि खाना पकाएर साँझ ६ बजेतिर मालिका माविमै कार्यरत शिक्षक भीमबहादुर ओलीको घरमा पुगेका थिए ।

नाताले जेठान पर्ने भीमबहादुरको घरबाट तरकारी लिएर बिसी घर फर्किएका थिए । भोलीपल्ट श व फेला परेको घटनाले आफु अचम्म परेको ओलीले बताए । बिसी सोमबार राति १२ बजेसम्म छोटेपोखरास्थित विद्यालय नजिकै रहेको छिमेकीको पसल भएको घरमा रहेको प्रारम्भिक अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक ईन्द्रजीत सुनारले बताए । त्यसपछि घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । प्रहरीले सोही पसल संचालक सहितलाई पक्राउ गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button