सङ्खुवासभाको आरोपी लोकबहादुर तिन बर्ष अघि मात्रै मलेसिया बाट खाली हात फर्किएका थिए …

काठमान्डौ । पक्राउ पर्ने कार्कीले आफैले ६ जनाको न’रसं’हार गरेको स्वीकारेको अनुसन्धानमा सं’ल’ग्न एक प्रहरी अधिकारीले जानकारी दिनुभयो । कार्कीले ब्यक्तिगत रिसिईवीका कारण ठूलो बुवा पर्ने तेजबहादुरको ज्यान लिएको प्रहरीले जनाएको छ ।

ठूलो बुवा तेजबहादुरले आफूलाई पटक पटक हेपेर बोली ब्यावहार गरेकोले ज्या’न लि’एको कार्कीले स्वीकार गरेको बताईएको छ । तेजबहादुरको ज्या’न लि’ने क्रममा अरु सदस्यहरु पनि आएपछि सवैको ज्या’न लि’एका हुन् ।

२६ बर्षीय लोकबहादुर कार्कीले कक्षा ८ सम्म पढेपछि पढ्न छोडेको छिमेकी चन्द्रबहादुर थापाले जानकारी दिनुभयो । थापाका अनुसार घरमा पनि उत्ति काम नगर्ने कार्की मलेसिया र कतार काम गर्न गए पनि बर्षदिन नपुग्दै फर्किएर गाउँमा बस्दै आएका थिए ।

६ बर्ष अगाडि मलेसिया गए पनि १० महिनामा आफु विदेश जाँदाको ऋण समेत नतिरी फर्किएको थापाको भनाई छ । त्यसको डेढ बर्षपछि पुनः बैदेशिक रोजगारीको लागि कतार पुगे नौ महिना नपुग्दै घर फर्किएको थियो ।

उनी मलेसियामा बसेर तीन वर्षअघि फर्किएका थिए। विदेश गएका बेला कुन केटीलाई पैसा पठाउँदो रहेछ । पछि नेपाल फर्किँदा केटी स’म्पर्क’विहीन भएपछि उनि बि’ ग्रिएका थिए । कार्की कहिले राती घर बास नआउने, कहिले राती घरबाट हराउने, गाउँका बेकामे केटाहरुसँग बिना काम डुलिहिड्ने जस्ता ब्यावहार गर्दै आएको थापाले बताउनुभयो ।

‘म ‘रेर जाने ठुलो बाले जस्तै मैले पनि सम्झाउथे, क’राउँथे यहि पारा हो भने त मेरो पनि ज्यान जोखिममा रहेछ’, थापाले भन्नुभयो । गत चैत २६ गते आमा बितेपछि बुवा र भाई सहित तीन जनाको परिवारमा लोकबहादुर बस्दै आएका थिए ।

ज्यान लिइएको तेजबहादुरको घरमा उनको आमा अर्धचेत भएपछि उपचारको क्रममा झापामा मृत्यू भएको थियो । उनको आमाको मृत्युको कारण पनि तेजबहादुर नै भएको लोकबहादुरले आरोप लगाउदै आएको छिमेकीहरुले बताउने गरेका छन् ।

लोकबहादुरले उनका हजुरआमा ८४ वर्षीय पार्वता, ५८ वर्षी ठुलो बुवा तेजबहादुर, ५२ वर्षी ठुली आमा कमला, भाउजु ३२ वर्षीय रञ्जना, ११ वर्षीय भतिज दीपेन र ७ बर्षीय भतिजेनी गोमा कार्कीको ज्यान लिएको थियो । घटनापछि त्यसको खबर छिमेकीलाई लोकबहादुरले नै दिएको थियो । घटनाको बिवरण र संलग्नलाई भोली (आईतबार) प्रहरीले पत्रकार सम्मेलन गरि सार्वजनिक गर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button